इन्फो नेपाल — सञ्चारको सञ्जाल

शैक्षिक गुणस्तर सुधारका लागि भोजपुरमा विशेष पहल

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका गतिविधिलाई तीव्रता दिएको छ । विद्यालयहरुमा देखिएका समस्याको पहिचान र निराकरणका लागि अनुगमन तथा मूल्याङ्कनमा जोड दिइएको छ । विगतमा पालिकाले कक्षा ५ र ८ को परीक्षा पालिकास्तरबाट सञ्चालन गरेर नतिजा परीक्षणका लागि विद्यालयलाई पठाउने गरेकोमा अहिले सबै शिक्षकको उपस्थितिमा एकै ठाउँमा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईंका अनुसार भावी सुधारका कार्यक्रमलाई थप व्यवस्थित गराउने योजना छ । सबै सामुदायिक विद्यालयमा एकैपटक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको चापागाईंले बताए । परीक्षा पद्धतिमा एकरुपता ल्याउने, कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने र कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गर्ने प्रयास भइरहेको छ । शिक्षकहरुको मनोबल उच्च राख्न समस्या पहिचान गरी तालिम र प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ भने बालबालिकाको सिकाइ उपलब्धि बृद्धिका लागि पठनपाठन शैलीमा समेत सुधार गरिने भएको छ । नगरप्रमुख सुरेन्द्रकुमार उदासले ७० विद्यालयको स्थलगत अनुगमन गरी आवश्यक सुधारको प्रक्रिया अघि बढाइएको बताए । सामुदायिक विद्यालयमा लगानी अनुसारको प्रतिफल नदेखिएपछि शैक्षिक सुधार अभियान सुरु गरिएको हो । नगरपालिका, शिक्षक र अभिभावकको सक्रियता बढाएर गुणस्तरमा सुधार ल्याउने पहल थालिएको छ । नगरपालिका उपप्रमुख प्रमिला राईका अनुसार योजनाबद्ध रुपमा शैक्षिक सुधारका लागि काम भइरहेको छ । भावी दिनमा शैक्षिक सुधारका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य छ । समयसापेक्ष गुणस्तरीय शिक्षाका लागि आवश्यक पहल भइरहेको उनले बताइन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क