इन्फो नेपाल — सञ्चारको सञ्जाल

संखुवासभा ट्याक्टर दुर्घटना अपडेट: मृतकको सङ्ख्या तीन, नौ जनाको अवस्था गम्भीर

सुनसरी / संखुवासभाको खाँदबारी लेगुवा सडक खण्ड स्थित चैनपुर नगरपालिका - १० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको छ भने घाइते मध्य नौ जनाको अवस्था गम्भीर छ । मलामी गएर फर्किने क्रममा खाँदबारी-लेगुवा सडकखण्डको दुमकट्टामा हिजो शुक्रबार दिउँसो को २ त ३९६१ नम्बरको ट्याक्टर पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मलामी गएकाहरु चैनपुर नगरपालिका-१० का २४ गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका - ९ का ४६ वर्षीय केशव कार्कीको मृत्यु भएको थियो । अर्का गम्भीर घाइते चैनपुर नगरपालिका- १० का ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु पनि मृत्यु भएको छ । उनको उपचारका क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ८ बजेतिर मृत्यु भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए । दुर्घटनामा परेर ४४ जना घाइते भएका थिए । घाइतेमध्ये सामान्य अवस्थाका २१ जना उपचारपछि डिस्चार्ज गरिएको छ । गम्भीर अवस्था गम्भीर र सामान्य घाइतेको उपचार भइरहेको छ । प्रहरीका चैनपुर -१० की ९० वर्षीया कौशिला अधिकारीको मलामी गएकाहरु चैनपुरको खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गइ पुनः मालामीलाई लिएर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । चालकलाई चैनपुर नगरपालिका- १० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । अचानक लोडपिन भाँचिन गइ रोडको बाँयातर्फ पल्टिएर ट्याक्टर दुर्घटनामा परेको प्रहरी प्रमुख डिएसपी सुवेदीले बताए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क