इन्फो नेपाल — सञ्चारको सञ्जाल

सडक विस्तारका लागि नारायणघाट पुल्चोकको घर भत्काउन थालियो

चितवन - पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म सडक विस्तारका लागि डिभिजन सडक कार्यालयले नारायणगढ पुल्चोक क्षेत्रका घर भत्काउन सुरू गरेको छ । शुक्रबार बिहान पुल्चोक क्षेत्रका घर डोजर लगाएर भत्काएको सडक कार्यालयले जनाएको छ । भरतपुरको डिभिजन सडक कार्यालयका प्रमुख रमेश पौडेलका अनुसार सडक सीमा मिचेर बनाएको घर टहरा हटाउन महिना दिनअघि नै सूचना दिइएको थियो । कसैले नभत्काएपछि सडक कार्यालय अगाडि सरेको हो । पुल्चोकदेखि लायन्सचोकसम्ममा ५८ घर सडक सीमाभित्र परेको उनले बताए । 'धेरै त हैन २० सेन्टिमिटरदेखि एक मिटरसम्मको संरचना भत्काउनु पर्ने छ । त्यत्ति पनि हटाएनन् । महिना दिनअघि घर घरमा सूचना टाँसेको हो । अहिले हामी नै अगाडि सर्नु पर्‍यो,' पौडेलले भने । पुल्चोक गोन्द्राङ सडक ६ लेनको फराकिलो बनाउन दुई वर्षअघि काम सुरू भएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क