इन्फो नेपाल — सञ्चारको सञ्जाल

सत्ता गठबन्धन टुट्ने संकेत !

काठमाडौं । सत्तारुढ गठबन्धनले अझै पनि सिट बाँडफाँट टुङ्गो लगाउन सकेको छैन । सिट बाँडफाँट टुङ्गोमा नपुग्नुको मुख्य कारण पाँचै दलको अस्वभाविक दाबी हो । रात रहे अग्राख पलाउँछ भने झै सिट बाँडफाँटमा ढिलाइ हुँदा गठबन्धन नै टुट्ने परिस्थिति बन्दै गएको देखिन्छ । गठबन्धनमा आवद्ध मध्ये मधेशको बलियो शक्ति जनता समाजवादी पार्टी (जसपा)ले सिट बाँडफाटकै कारण गठबन्धनबाट बाहिरिन सक्ने संकेत गरेको छ । जसपाले ३२ सिट दाबी गर्दै आएको छ । तर, गठबन्धनमा हुँदा १५ देखि १७ सम्म मात्र पाउने भएपछि गठबन्धनबाट बाहिरिनसक्ने संकेत गरेको हो । दृष्टिन्यूजसँग कुरा गर्दै जसपाका प्रवक्ता मनिष सुमनले भने– ‘गठबन्धनमा सम्मान नहुने अवस्थामा हामीले विकल्प सोच्नुपर्ने हुन्छ । हामीले दाबी गर्दै आएको ३२ सिट हो । हाम्रो दाबी स्वीकार्य नभएको अवस्थामा हामीले सोच्नुपर्ने हुन्छ ।’ जसपाले गठबन्धनसँग तालमेल नभएको अवस्थामा अन्य राजनीतिक शक्तिसँग पनि तालमेल गर्न सकिने जनाएको छ । तर, कुन र कस्तो राजनीतिक दलसँग तालमेल गर्ने भन्ने विषयमा निर्णय गरेको छैन । प्रवक्ता सुमनले भने– ‘हामी वर्तमान गठबन्धनमा नरहने अवस्थामा अन्य राजनीतिक शक्तिसँग गठबन्धन वा तालमेल गर्न सक्छौँ । तर, हाम्रो पहिलो प्राथमिकता वर्तमान गठनबन्धन नै हो । वर्तमान गठबन्धनमा नरहने अवस्थामा जोसुकैसँग तालमेल हुन सक्छ ।’ गठबन्धनको अवस्था के ? सत्ता गठबन्धनबाट जसपाले दाबी गरेको ३२ सिट पाउने सम्भावना कम छ । किनकी, गठबन्धनमा जसपाभन्दा ठूला तीन पार्टी छन् । नेपाली कांग्रेसले कम्तिमा पनि ८५ सिट दाबी गरेको छ भने नेकपा माओवादी केन्द्रले ४५ सिट दाबी गरेको छ । गठबन्धनमा जसपाभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीले कम्तिमा २० सिट पाउनुपर्ने भन्दै आएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दाबी मात्रै १५० सिट हुन्छ । प्रतिनिधिसभाको जम्मा १६५ सिटमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गरेको दाबीपछि बाँकी १५ सिट रहन्छ । बाँकी रहेको १५ सिटमा सुरुदेखि नै गठबन्धनमा रहँदै आएको राष्ट्रिय जनमोर्चालाई भाग पुर्याउनुपर्ने छ । ठूला तीन दलबाट नरमकरम मिलाउँदा जसपाले १५ सिटसम्म पाउनसक्ने गठबन्धनका एक नेताले बताए । तर, जसपाले १५ सिटमा चित्त बुझाउने अवस्था देखिन्न । यस्तो अवस्थामा वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्था आउनसक्छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क