इन्फो नेपाल — सञ्चारको सञ्जाल

सरकारले घटायो करको दर, कुन वस्तुमा कति घट्यो ?

काठमाडौं- सरकारले वस्तुमा लाग्दै आएको करको दर घटाएको छ । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू नयाँ तय गरिएको जानकारी दिएको छ । नयाँ दर हाल कार्यान्वयनमा रहेका दरभन्दा कम छन् । सरकारले भन्सार उपशीर्षक ७२१३.९१.१० का वस्तुहरुको भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । यो उपशीर्षक अन्तरगत बार, रड, हट रोल्ड सर्कुलर क्रस सेक्सन पर्दछन् । यस्तै, अन्तशुल्क दरबन्दीको शिर्षक ७२.०७ को मालवस्तु आयातमा लाग्ने अन्तशुल्क ३५ रुपैयाँको सट्टा २५ सय रुपैयाँ राखिएको छ । यो शीर्षकमा फलाम ब्लेडलगायत वस्तुहरु पर्दछन् । सेनिटरी प्याड उत्पादन उद्योगले उपशिर्षक ३९२०.४९.९० को कच्चा पदार्थ पिई फिल्म स्यानिटरी प्याड र उपशीर्षक ३९२१.१९.९० को कच्चा पदार्थ पर्फाेरेड पीई फिल्म आयात गर्दा अन्तःशुल्क नलाग्ने व्यवस्था गरिएको छ । यस्तै, वनस्पति घ्यू तेल उद्योगहरुले औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्ने भन्सार उपशीर्षक १५०७.१०.०० को कच्चा भटमासको तेल, उपशिर्षक १५११.१०.०० को कच्चा पाम तेल र उपशीर्षक १५१२.११.०० को कच्चा सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । सूर्यमुखीको गेडा आयात गर्दा लाग्ने भन्सार महसुल ५० प्रतिशतबाट बढाएर ९० प्रतिशत छुट हुने व्यवस्था मिलाइएको छ । भटमासको गेडा आयातमा पनि ९० प्रतिशत नै भन्सार महसुल छुट दिइएको छ भने तोरी, रायो, क्यानोला र सस्र्यूको गेडा आयातमा भन्सार महसुल छुट हुने ५० प्रतिशतबाट ९० प्रतिशत बनाइएको छ । उद्योग विभागको सिफारिसमा अप्टिकल फाइबर केवल उत्पादन गर्ने उद्योगले कच्चा पदार्थको रुपमा आयात गर्ने स्प्रिङ स्टिल वायरमा भन्सार महसुल १० प्रतिशत लाग्ने र ट्वीस्टेड स्ट्रण्ड वायरमा भने भन्सार महसुल १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ । सहकारी संस्थाहरुको कर छुट हुने बाहेकको कारोबारमा लाग्ने कर पनि छुट दिइएको छ । नयाँ व्यवस्था अनुसार नगरपालिकामा संचालित सहकारीले ५ प्रतिशत, उपमहानगरपालिकाका सहकारीले ७ प्रतिशत र महानगरपालिकाका सहकारीले १० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि नगरपालिकाका सहकारीले ७.५ प्रतिशत, उपमहानगरका सहकारीले १० प्रतिशत र महानगरका सहकारीले १५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क