इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज सरस्वतीपूजा अर्थात वसन्त पञ्चमी, यस्तो छ महिमा र महत्व

सरस्वती पूजा अर्थात वसन्त पञ्चमी । वसन्त अर्थात ऋतुहरुको राजा । वसन्तको सुरुवात हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी भनिएको हो । आजको दिन हामी सबैको लागि विशेष दिन हो । किनभने आज हामी वाग्देवी अर्थात बोलिकी देवी सरस्वतीको पूजा उपासना गर्छौँ । उल्लासमय अवसरको रुपमा मनाउँछौँ । त्यसको अर्थ के होला रु सरस्वती स्वरुपले
“या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता । या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।। या ब्रह्माच्युत शङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता । सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।१।।”
अर्थात्:- “जो विद्याकी देवी भगवती सरस्वती कुन्दको फूल, चन्द्रमा, हिमराशि र मोतीको हार जस्तै श्वेत वर्णकी हुनुहुन्छ र जो सेतो वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा सुन्दर वीणा–दण्ड शोभायमान छ, जो श्वेत कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु र शङ्कर आदि देवताहरूद्वारा जो सदैव पूजित हुनुहुन्छ, उनै सम्पूर्ण जडता तथा अज्ञानबाट मुक्त गर्ने भगवती सरस्वती हाम्रो रक्षा गर्नुहोला ।” आज माघ १२ गते बिहिबार श्रीपञ्चमी परेको छ । नेपाली समय अनुसार बिहान ७ बजेर २७ मिनेटदेखि दिउँसो १२ बजेर ४५ मिनेटसम्म पूजाको शुभ मुहूर्त छ । यससँगै यस वर्ष चारवटा शुभ योग अर्थात् शिवयोग, सिद्धियोग, सर्वसिद्धियोग र रवियोगमा पूजा र आराधना गर्नु वाञ्छिनीय छ । के अर्थ राख्छ ? श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ । उनको प्रतिकात्मक चित्र, वहान, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छन् ।उनले हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ । सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य पनि हो । पुस्तकमा उल्लेख भए अनुसार देवी सरस्वतीलाई प्रसन्नचित्त गर्नको लागि वन्दना गरिन्छ ः– सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।१।। प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती । तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।।२।। पञ्चम् तु जगन्माता षष्ठं वागीश्वरी तथा । सप्तम् चैव कौमारी अष्टम् वरदायिनी ।।३।। नवम् बुद्धिदात्री च दशम् ब्रह्मचारिणी । एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।। द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः । जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।५।। किन मनाउने ? हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा मनाइन्छ । लक्ष्मी, दुर्गा र सरस्वती । लक्ष्मी धनकी देवी । दुर्गा शक्तिकी । सरस्वती विद्याकी । वास्तवमा यी प्रतिकात्मक देवी हुन् । अर्थात जीवनमा पूर्णता हासिल गर्नका लागि हामीसँग तीन चिजको खास महत्व हुन्छ, धन, विद्या र शक्ति । आज विद्याकी देवीको पूजा गरिने दिन । विद्यारज्ञानरशिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ । संगीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरिन्छ । आजको दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ । त्यसैगरी आजको दिनलाई बौद्ध धर्ममा पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्ने गरिन्छ । कसरी पूजा गर्ने ? यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइ पूजा गरिन्छ । देवी सरस्वतीको उत्पत्ति हिन्दू धर्मग्रन्थहरूमा देवी सरस्वतीको उत्पत्तिबारे प्रसङ्ग यस्तो छ– सृष्टिको प्रारम्भिककालमा भगवान् विष्णुको आज्ञा अनुसार ब्रह्माजीले जीवहरूको सृष्टि गर्नुभयो । मनुष्य योनीको रचना गरिसकेपछि भगवान् ब्रह्मा खुशी हुनुभएन । किनभने उहाँलाई केही कमी महसूस भयो । पुनः भगवान् विष्णुको अनुमति लिएर ब्रह्माजीले आफ्नो कमण्डलबाट जल लिएर पृथ्वीमा छर्कनुभयो । लगत्तै पृथ्वीमा कम्पन हुन थाल्यो । यसपछि एक अद्भुत नारी शक्तिको उत्पत्ति भयो । प्रकाट्य एक चतुर्भुज सुन्दर स्त्रीको प्रत्येक हातमा क्रमशः वीणा, वरमुद्रा, पुस्तक तथा माला थियो । ब्रह्माजीले देवीसँग वीणावादन गर्ने अनुरोध गर्नुभयो । जब देवीले वीणाको मधुरनाद गर्नुभयो, तब संसारका समस्त जीवजन्तुहरूलाई वाणी प्राप्त भयो । ब्रह्माजीले ती स्त्रीलाई वाणीकी देवी सरस्वती नामकरण गर्नुभयो । देवी सरस्वतीलाई बागेश्वरी, भगवती, शारदा, वीणावादनी, वाग्देवी, सरस्वती, शारदा, जगत्माता, कौमार, वरदायिनी, कामधेनु आदि अनेकौं नामले पूजा गरिन्छ । ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपाबाट मानवले मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ । संस्कार, सभ्यता र संस्कृतिकी स्रोत सरस्वतीपूजाको दिन नाक र कान छेड्नेदेखि विद्याको प्रारम्भ तथा शुभ कार्यहरू आरम्भ गर्दा साइत जुराउनुपर्दैन । धातु वा माटोको प्रतिमा वा माता सरस्वतीको चित्र अङ्कित तस्बिरहरू सजाएर पूजापाठ गरिन्छ । पूजामा देवीलाई मन पर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्य, फलफूल, मिठाइ, कपुर, वस्त्र, भेटी, चन्दन, बेल, नरिवल आदि अर्पण गरिन्छ । तराई क्षेत्रमा देवी सरस्वतीको माटोको प्रतिमा बनाइ पूजा गर्ने चलन छ । प्रतिमामा प्राणप्रतिष्ठा गरी धूमधामसँग पूजा गरी भोलिपल्ट जलाशयमा विसर्जन गर्ने चलन छ । सरस्वतीमाताको पूजनले व्यक्तिलाई हरेक क्षेत्रमा सफलता प्राप्त हुन्छ भन्ने विश्वास छ ।

सम्बन्धित समाचार

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क