इन्फो नेपाल — सञ्चारको सञ्जाल

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

इटहरी : सुनसरीको इनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा भेनले ठक्कर दिँदा पैदल यात्री एक जनाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा भोक्राहा नरसिहं गाउँपालिका-१ का ५५ बर्षिय रामेश्वर उराउ रहेका छन् । हिजो राति ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ च ९०९१ नम्बरको भेनले पैदल यात्री उराउलाई ठक्कर दिएको थियो । घाइते उराउको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृ´त्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन र चालक इनरुवा नगरपालिका-८ का २५ बर्षिय राम चरित्र महत्तोलाई जिल्ला प्रहरी कार्यालयले सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क