इन्फो नेपाल — सञ्चारको सञ्जाल

सवारी दुर्घटनामा इटहरीका पुरुषसहित दुईको मृत्यु

इटहरी | सुनसरीको बराहक्षेत्र र तेह्रथुमको लालीगुराँसमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पहिलो घटना सुनसरीको बराहक्षेत्र नगरपालिका ५ लक्ष्मीपुरमा भएको हो। उदयपुरबाट सुनसरीको कालाबञ्जारतर्फ जाँदै गरेको ट्रकले साइकललाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट साइकलमा सवार ४५ वर्षीय गुन्जा चौधरी र उनको आमा, ८० वर्षीया लक्ष्मीदेवी चौधरी, गम्भीर घाइते भए। घाइते लक्ष्मीदेवीको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको थियो, तर उनको मृत्यु भयो। गुन्जा चौधरीको अवस्था पनि गम्भीर छ, र उनको उपचार जारी छ। दुर्घटनापछि ट्रक चालक, मोरङको कानेपोखरी गाउँपालिका ५ का ३० वर्षीय वीरबहादुर घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दोस्रो दुर्घटना तेह्रथुमको लालीगुराँस नगरपालिका १ अन्तर्गत पहाडी लोकमार्गमा भएको हो। ग्यास बोकेको ट्रकले सहचालक रमानन्द चौधरीलाई किचेर मारेको हो। इटहरीको पकली घर भएका चौधरी राति ९:४५ बजे दुर्घटनामा परेका थिए। ट्रकको अचानक ‘ब्रेक फेल’ भएपछि ट्रकले उनलाई पछाडिबाट किचेको थियो। चौधरीको घटनास्थलमै मृत्यु भयो। ट्रक चालक, सुनसरीको रामधुरी नगरपालिका ४ का ४४ वर्षीय तेजबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुबै घटनाका सम्बन्धमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क