इन्फो नेपाल — सञ्चारको सञ्जाल

सशस्त्र प्रहरीको स्थापना दिवस विविध कार्यक्रम गरि मनाईयो

मकवानपुर: सशस्त्र प्रहरी बलको २३ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले विभिन्न सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू कार्यक्रम गरी मनाएको छ। दिवसको अवसरमा माघ ४ गते अमर सशस्त्र प्रहरी हवल्दार माधव प्रसाद सापकोटाको सम्झनामा चौतारा निर्माण गरिएको थियो। माघ ५ र ६ गते ऐतिहासिक स्थल तथा धार्मिक क्षेत्रको सरसफाई गरिएको थियो। माघ ७ गते भूकम्प सतर्कता जनचेतना कार्यक्रम र खेलकूद कार्यक्रम सम्पन्न गरिएको थियो। माघ ८ मा वृक्षरोपण कार्यक्रम गरिएको थियो। गणले कार्यक्रमको अन्तिम दिन मंगलबार बिहान गणमा कार्यरत सशस्त्र प्रहरीहरूद्वारा रक्तदान गरिएको थियो भने साँझमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्याक्रममा २२ जनाले रक्तदान गरेका थिए । दिवसको अवसरमा ६ जनालाई सम्मान समेत गरिएको प्रहरी उपरीक्षक अनिल कार्कीले जानकारी दिए। । सशस्त्र प्रहरी बल शान्ति, सुरक्षा, कानुन र सुव्यवस्था कायम राख्न, नागरिकको जीउधन र सिमा सुरक्षाका लागि सञ्चालनमा रहेको छ। २०५७ सालमा माओवादी युद्ध चर्किएपछि थप सुरक्षा शक्तिको आवश्यकता महसुस गरी सरकारले सशस्त्र प्रहरी बलको स्थापना गरेको हो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क