इन्फो नेपाल — सञ्चारको सञ्जाल

साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुन्छ, जित्ने मैले हो: स्थापित

काठमाडौँ – महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुने बताएका छन् । इन्फो नेपाल संगकुराकानी गर्दै स्थापितले सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहका कार्यकर्ताहरुले साँझबाट राष्ट्रियसभा गृह वरपर मुख समेत देखाउन नसक्ने अवस्था आउने दावी गरेका हुन् । सुरुवाती मत गणनामा केशव स्थापित दोस्रो स्थानमा छन् भने पहिलो स्थानमा बालेन शाह र तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार श्रृजना सिंह रहेकी छिन् । सुरुवाती चरणमा बालेन शाहको पहिलो मत आइरहका बेला स्थापितले भने, ‘म त अहिले एल्लो प्यागोडामा छु, राष्ट्रियसभा गृहतिर केही मानिसहरु हल्ला गर्दैछन् रे, ती बाबुनानीहरुको चुरीफुरी बेलुका ८ बजेसम्म मात्रै हो, त्यसपछि उनीहरु घर जान्छन् त्यसपछि म जान्छु । विजयी उत्सव मनाएर मात्रै फर्किन्छु ।’ ‘अहिले एक हजार मत नै गनिएको छैन, लाखौँ भोट गन्न बाँकी छ’ उनले भने, ‘अहिले नै धेरै बोल्नु राम्रो हुँदैन ।’ अहिले स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । उनले ३०२ मतले अग्रता कायम गरेका छन् । केशव स्थापितको २०६ मत रहेको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क