इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्राविधिकको लागि हेटौडा ७ उत्कृष्ट, सात दिनमा ९ लाख ७९ हजार पीपीआर विरुद्धका खोप लगाइयो

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा सञ्चालन गरेको पीपीआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान पुरा भएको छ । सात दिनमा प्रदेशका ६ हजार ७५ वटा भेडा र ९ लाख ७३ हजार १२७ वटा बाख्रालाई गरि जम्मा ९ लाख ७९ हजार २ सय २ वटा भेडाबाख्रालाई उक्त खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले जानकारी दिए । खोप कार्यक्रम ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्रबाट सञ्चालन भएको पोखरेलले बताए ।अभियान बाहेक अन्य समयमा समेत मन्त्रालयले भेडाबाख्रालाई उक्त खोप लगाउदै आएको छ । प्राविधिकको नजरमा वाड नम्बर ७ उत्कृष्ट हेटौडा उपमहानगरपालिका वाड नम्बर ७ ले पशु प्राविधिकहरुलाई सहज बनाएको छ । वाड अध्यक्ष दामोदर गौतमको प्रत्यक्ष निगरानीमा खोप कार्यक्रम संचालन भएको थियो भने वाडले प्राविधिकहरुलाई खाजा, खाना र यातायातको लागि पेट्रोलको समेत ब्यबस्था गरेको पशु प्राबिधिक लक्क्षमन् चौधरीले जनाकारी दिए । ७ नम्बर वाडमा २५ सय बाख्रालाई पीपीआर रोग विरुद्धका खोप लगाईएको जनाएको छ । निगरानीमा वाडसदस्यहरु पनि उपस्थित थिए । पीपीआर भेडाबाख्रामा विषाणुबाट लाग्ने संक्रामक रोग हो । यसलाई भेडाबाख्राको हैजा पनि भनिन्छ । नेपालमा पीपीआर रोगका कारण बर्सेनि भेडाबाख्रा मरेर कृषकहरूले ठूलो आर्थिक हानि बेहोर्नुपरेको छ । यस्तो अवस्था आउन नदिनका लागि खोप अभियान सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखापरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क