इन्फो नेपाल — सञ्चारको सञ्जाल

सामरी खोलामा मापदण्ड विपरित उत्खनन्, अनुगमन त् भयो!

हेटौँडा | मकवानपुरगढी गाउँपालिका–७ स्थित सामरी खोलामा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गरिएको पाइएको छ। अनुगमनका लागि पुगेको जिल्ला समन्वय समितिको टोलीले गम्भीर अनियमितता देखेपनि कम्पनीलाई कारवाहीबिना फर्किएको छ।

जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलानको नेतृत्वमा गएको टोलीले ‘ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७’ अनुसार काम नभएको निष्कर्ष निकालेको हो।

समन्वय अधिकारी शान्ति विकका अनुसार खोलामा तीनपटक अनुगमन गर्दा पनि कम्पनीले त्रुटि सच्याएको छैन। कम्पनीले अनिवार्य सूचना बोर्ड राख्ने मापदण्डसमेत बेवास्ता गरेको पाइएको छ। स्थानीय तहले तोकेको लाइन लेन्थ हटाएर फरक स्थानमा उत्खनन् गरिएको पाइएको उनले बताइन्।

समिति प्रमुख घलानका अनुसार, निर्माण कम्पनीले वातावरणीय मूल्यांकन विना संवेदनशील क्षेत्र र पक्की पुल मुनी समेत उत्खनन् गरेको छ। "मानव बस्तीको २ किलोमिटर, पुल तल १ किलोमिटर तथा ५०० मिटर माथिबाट उत्खनन् गर्न रोक लगाइएको छ," घलानले भने, "तर कम्पनीले दोहोर्‍याएर मापदण्ड तोडेको छ।"

निर्माण कम्पनीले खोलामा ठूला गहिरा खाल्डो बनाउने गरी उत्खनन् गरेको, अनुमतिविना नदीजन्य पदार्थ सँगालिएको र घाटमा थुपारेको पाइएको छ। यस्ता गतिविधिका बावजुद, अनुगमन टोलीले कुनै ठोस कारवाही गरेको छैन।

घलानले अहिले उत्खनन क्षेत्रको नापजाँच गर्न निर्देशन दिँदै प्रतिवेदनको आधारमा मात्र प्रक्रिया अघि बढाउने बताए। साथै गाउँपालिकालाई कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेका अनुसार, २०८१ मंसिर २३ मा सगरमाथा अमित जेभी नामक कम्पनीसँग ४ करोड ५ लाख रुपैयाँमा १ लाख २९ हजार घनमिटर उत्खनन् गर्न ठेक्का सम्झौता गरिएको हो। हालसम्म कम्पनीले १ लाख १६ हजार घनमिटर उत्खनन् गरी नापजाँच गरिसकेको र १३ हजार घनमिटर उत्खनन् गर्न बाँकी रहेको उनले बताए। ठेक्का म्याद २०८० चैत मसान्तसम्म तोकिएको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क