इन्फो नेपाल — सञ्चारको सञ्जाल

सामलिङ्ग पावरको (आईपीओ) बाँडफाँड भोलि, रिजल्ट यसरी हेर्नुहोस

काडमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको (आइपीओ)को नतिजा मंगलबार आउने भएको छ । कम्पनीको (आईपीओ) बाँडफाँट मंगलबार हुने बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।कम्पनीले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता (आईपीओ) खुला गरेको थियो । जसमा दुई अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको दुई करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो । आवेदन दिएकामध्ये गोलाप्रथा मार्फत ६७ हजार ८९० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । खुला भएको आइपीओ र आवेदकको संख्या हेर्दा २१ लाख ९७ हजारको हात खाली हुने अवस्था छ । कम्पनीले कुल निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर भने सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिने छ ।

सम्बन्धित समाचार

आइपिओ निष्काशनका लागि २ कम्पनीलाई धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं | जारी पूँजी ७५ करोड रहेको क्रेस्ट माइक्रो लाइफसँगै नेपालको पहिलो औषधी कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले आइपिओ निष्काशन गर्न अनुमति पाएका छन् । माघ ४, बिहीबार धितोपत्र…

इन्फो नेपाल संवाददाता

७७ कम्पनीले ल्याउँदै आईपीओ, सर्वसाधारणले १ लाख रुपैयाँ जुटाउनुपर्ने

काठमाडौं | करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सन्तोषनारायण श्रेष्ठको नियुक्तिसँगै लामो समयदेखि रोकिएका आईपीओ (साधारण शेयर) निष्काशन प्रक्रिया अघि बढ्ने भएको छ। ७७ कम्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आजदेखी सुपर मादी हाइड्रोको आईपीओ

काठमडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । आईपीओमा लगानीकर्ताले आउँदो माघ १२…

इन्फो नेपाल संवाददाता