इन्फो नेपाल — सञ्चारको सञ्जाल

सामलिङ पावरको आइपीओ आजदेखी खुल्यो, कस्तो छ कम्पनीको अवस्था, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौं : सामलिङ पावर कम्पनीले बिहीबार (कात्तिक ४ गते) बाट आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी हुनेछ । यसमध्ये २% अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५% अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअवधिमा सबै आइपीओ बिक्री नभएमा कात्तिक १८ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । यसमा लागानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सामलिङ पावरको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । यस आइपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गरेको छ। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कति कित्ताका लागि दिने आवेदन ? सामलिङ पावरले कुल ७ लाख ३० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये पनि सर्वसाधारणको भागमा जम्मा ६ लाख ७८ हजार ९ सय कित्तामात्र रहेको छ । यस आधारमा लगानीकर्ताले जम्मा १० कित्ताका लागि मात्र आवेदन दिए पर्याप्त हुने देखिन्छ । पछिल्लो समय आइपीओ भर्नेहरुको संख्यालाई आधार मान्ने हो भने सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ । विगत केही समयदेखि प्रत्येक आइपीओमा २४ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिन थालेका छन् । तथापि, यस कम्पनीले भने न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ । यो कम्पनी वि.सं २०७० चैत २३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । त्यससिछ २०७६ जेठ २४ मा पव्लिक लिमिटेड कम्पनीमा परिणत भई सामलिङ पावर कम्पनी लिमिटडको नाममा कारोबार गर्दै आएको छ । यसले आफ्नो आयोजनाबाट उत्पादित विद्युत बिक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ । हाल यस कम्पनीमा ८७ जना संस्थापक शेयरधनीहरु रहेका छन् । यसका संस्थापक शेयरधनीहरुमा विद्युत, उर्जा, बैंक–वित्तीय क्षेत्र, स्वास्थ्य, शैक्षिक क्षेत्र एवं व्यापार–व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका व्यक्तित्वहरु रहेको कम्पनीको भनाई छ ।यसले इलाम जिल्लाको इलाम नगरपालिका (साबिक इलाम न.पा र गोदक गा.वि.स) तथा माइजोगमाई गाउँपालिका (साविक सोयाङ र नामसालिङ गा.वि.स. हरु) स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा संचालन गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट २०७५ वैशाख ६ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो । यस कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०७३ कात्तिक २६ मा माईबेनी जलविद्युत आयोजना ९.००८ मेगा वाटको विद्युत खरिद बिक्री सम्झौता अनुसार व्यापारिक विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति २०७८ मंसिर २ गते (नोभेम्वर १८, २०२१) रहेको छ । यस माईबेनी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसक्दा योजनाको कुल लागत २ अर्ब रुपैयाँ रहेको छ । यस्तै, यसको प्रति मेगावाट औसत लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ हुने अनुमान रहेको छ । यस संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ । उक्त पुँजीलाई १ सय रुपैयाँका दरले ५० लाख थान साधारण सेयरमा विभाजन गरिएको छ । यसैगरी यसको जारी पुँजी रु ५० पनि ५० करोड रुपैयाँ नै रहेको छ । यस्तै, कम्पनीको चुक्ता पुँजी ३७ करोड ७० लाख रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७९–८० मा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा पुर्याउने प्रक्षेपण गरेको छ । यस्तै, यसैअवधिमा प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ६७ पैसा पुर्याउने प्रक्षेपण गरिएको छ । सोही अवधिमा ७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन हुने अुनमान गरिएको छ । आयोजनाको लगानी फिर्ता अवधि (सिम्पल पे ब्याक पिरियड) ७.०७ वर्ष रहेको छ । यस्तै, ढिस्काउन्टेड पे ब्याक पिरियड १२.२४ वर्ष रहेको छ । इन्टरनल रेट अफ रिर्टन १३.३७ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

आइपिओ निष्काशनका लागि २ कम्पनीलाई धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं | जारी पूँजी ७५ करोड रहेको क्रेस्ट माइक्रो लाइफसँगै नेपालको पहिलो औषधी कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले आइपिओ निष्काशन गर्न अनुमति पाएका छन् । माघ ४, बिहीबार धितोपत्र…

इन्फो नेपाल संवाददाता

७७ कम्पनीले ल्याउँदै आईपीओ, सर्वसाधारणले १ लाख रुपैयाँ जुटाउनुपर्ने

काठमाडौं | करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सन्तोषनारायण श्रेष्ठको नियुक्तिसँगै लामो समयदेखि रोकिएका आईपीओ (साधारण शेयर) निष्काशन प्रक्रिया अघि बढ्ने भएको छ। ७७ कम्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आजदेखी सुपर मादी हाइड्रोको आईपीओ

काठमडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । आईपीओमा लगानीकर्ताले आउँदो माघ १२…

इन्फो नेपाल संवाददाता