इन्फो नेपाल — सञ्चारको सञ्जाल

सामसङले स्मार्टफोनकाे लागि एन्ड्रोइड अपरेटिङ सिस्टम छाेड्ने तयारी

काठमाडौं । सामसङका स्मार्टफोनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टम भविष्यमा नहुन सक्छ । किन भने गुगलको ल्याब्रेटोरीमा केही वर्षदेखि विकास भइरहेको छ । जसलाई फ्युशा नाम दिइएको छ । तपाईं मध्ये केहीले यस वर्षको सुरुवाती समयमा सामसङले फ्युशाको विकासमा सामसङले योगदान दिइरहेको समाचारबाट उक्त अपरेटिङको बारेमा सुन्नु भएको पनि हुनसक्छ । पछिल्लो चर्चाअनुसार सामसङ त्यसका लागि केही कदम अगाडि बढेको छ र फ्युशाको लागि उसले एन्ड्रोइडलाई छोड्ने निर्णय लिइसकेको छ । यद्यपि यस किसिमको परिवर्तन तत्कालै हुने भने होइन । स्रोतले बताएअनुसार गुगलबाट यो ओपन सोर्स अपरेटिङ सिस्टम आत्मसाथ गर्न सामसङलाई केही वर्ष लाग्नेछ । फ्युशा ओएस अहिलेको वन-यूआईमै समावेश हुने अथवा छुट्टै स्वरूपमा आउने भन्ने विषयमा बोल्ने कुरा चाहिँ अलिक हतारो नै हुन्छ । एन्ड्रोइड ओएसबाट फ्युशामा रुपान्तरण हुने कुरा सामसङको आफ्नै प्रयास भन्दा पनि नयाँ प्लेटफर्म बनाउने गुगलकै मास्टर प्लानको हिस्सा हो । फ्युशामा गुदीको रुपमा लिनक्सको साटो जिरकन (Zircon) नामक नयाँ कोड प्रयोग हुनेछ । गुगलले पहिरन (वेयरेबल) देखि स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर, आईओटी जस्ता अनेक प्रकारका स्मार्ट उत्पादनहरू सञ्चालनका लागि फ्युशा विकास गरिरहेको छ । जुन पाइलट परियोजनाको रुपमा नेस्ट हबमा यस अघिदेखि नै प्रयोगमा आइसकेको छ । आगामी केही वर्षमा गुगलले फ्युशालाई वास्तविकता बनाउँछ र अग्रपङ्तिमा ल्याएको खण्डमा एन्ड्रोइड छोड्नेमा सामसङ एक्लो उपकरण निर्माता हुने छैन । अन्य कम्पनीहरूले समेत यही बाटो पच्छ्याउनेछन् अथवा पछाडि पर्नेछन् । किन भने फ्युशाको विकासमा सामसङले यस अघि नै आफ्नो संलग्नता जनाइसकेको छ। जसले यो परियोजनामा सामसङलाई अन्य प्रतिस्पर्धीको तुलनामा एक कदम अगाडि पुर्‍याएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम त्याग्ने कुरा कुनै अनौठो वा डरलाग्दो विषय होइन । किन भने थप राम्रो अपरेटिङ सिस्टमका लागि यसको तयारी अगाडि बढेको हो । यस्तोमा एन्ड्रोइडमा रहेका कमीकमजोरी फ्युशाले सम्बोधन गर्न सक्छ ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता