इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिंगापुरमा भेटियाे काेराेनाकाे नयाँ सबभेरियन्ट 'एक्सबीबी'

सिंगापुर । सिंगापुरमा यसैसाता एक्सबीबी नामक नोबल–कोरोनाभाइरसको नयाँ सबभेरियन्ट भेटिएको घोषणा गरिएको छ । एकै दिनमा यस कोभिड–१९ संक्रमितको संख्या दोब्बर भएको छ । सोमबार ४ हजार ७ सयजना मानिसमा एक्सबीबी फेला परेको थियो भने त्यसको भोलिपल्टै सो संख्या ११ हजार ७ सय पुगेको थियो । हङकङमा पनि यही सबभेरियन्ट फेला परिसकेको छ । सार्स–कोभ–२ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा म्युटेड भएको भेरियन्ट गतवर्षको सुरुआतमा उच्च गतिमा फैलिएको थियो । एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ । यो विगतका भेरियन्ट र सबभेरियन्ट भन्दा निकै धेरै संक्रमक रहेको बताइएको छ । यसले मोनोक्लोनोल थेरापिबाट प्राप्त हुने एन्टिबडीको पनि बेवास्ता गर्दछ । साथै यसले कोभिड उपचारका लागि प्रयोग हुने संभवत सम्पूर्ण श्रेणीका औषधिहरूलाई पनि प्रभावहीन बनाउँछ । स्वास्थ्य सुरक्षाका लागि जोन हप्किन्स सेन्टरका जनस्वास्थ्य विशेषज्ञ अमेश अडाल्जाले द डेली विस्टलाई भनेका छन्, "यसले संभवतः सबैभन्दा बढी मानव शरीरको प्रतिरक्षा छलाउन सक्छ । साथै यसले हालको मोनोक्लोनल एन्टिबडी प्रविधिमा आधारित उपचार र रोकथाम रणनीतिको लागि समस्या सिर्जना गर्दछ । यो निकै नराम्रो खबर हो । तर, खुशीको खबर पनि छ । फाइजर र मोडर्ना कम्पनीका नयाँ 'वाइभ्यालेन्ट' बुस्टर खोपले एक्सबीबी विरुद्ध राम्रो काम गर्ने देखिन्छ ।"

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता