इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिटिईभीटी र टिभिटीबीच सहमति : बागमतीका युवालाई राष्ट्रिय सीप परीक्षणको बाटो खुल्यो

भक्तपुर | बागमती प्रदेशका सीप सिकेका युवाले अब राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र पाउने भएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी) र बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (टिभिटी)बीच राष्ट्रिय सीप परीक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो।

भक्तपुरको सानोगाउँस्थित सिटिईभीटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा भएको सहमतिपछि अब टिभिटीबाट तालिम पूरा गरेका प्रशिक्षार्थीले राष्ट्रिय सीप परीक्षण समितिबाट प्रमाणिकरण परीक्षा दिन सक्नेछन्।

सम्झौतामा सिटिईभीटी अन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक भुवनेश्वर ढुङ्गाना, उपनिर्देशक केशव घिमिरे, टिभिटीकी प्रमुख कार्यकारी निर्देशक शान्ति लामा र कार्यालय प्रमुख देवनारायण चौधरी सहभागी थिए।

रोजगारी र स्वरोजगारमा टेवा पुग्ने

सीप प्रमाणिकरणको बाटो खुलेसँगै अब प्रदेशमै प्राप्त सीपको औपचारिक मान्यता हुने भएकाले युवाहरूको रोजगारी, स्वरोजगार र व्यवसायमा टेवा पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा निर्देशक शान्ति लामाले अब तालिमका नाममा तालिम मात्र लिने होइन, सीप सिकेर व्यवसायिक बन्ने वातावरण बनाइने बताइन्।

उनका अनुसार चालु आर्थिक वर्षमा दोहोरिएर तालिम लिएका प्रशिक्षार्थीलाई सीप परीक्षणमा सहभागी गराइने छैन। पटक–पटक तालिम लिने प्रवृत्तिले वास्तवमै इच्छुक युवाहरू ओझेलमा परिरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

लामाले आगामी आर्थिक वर्षमा बागमती प्रदेश सरकारले एक लाखभन्दा बढी नागरिकलाई सीप सिकाउने योजना बनाएको जानकारी दिइन्। उनका अनुसार सरकार सिर्जनशील रोजगारी र आम्दानीमुखी कार्यक्रमहरूमा केन्द्रित हुँदैछ।

परीक्षा तालिम स्थलमै राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक ढुङ्गानाले तालिम लिएका स्थानमै पुगेर सीप परीक्षण लिइने व्यवस्था गरिने जानकारी दिए। यस्तो व्यवस्थाले स्थानीय तहमै परीक्षा सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क