इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिन्डिकेट र कोरोनाले बन्द मलेसिया रोजगारी खुल्यो

काठमाडौं । सिण्डिकेट प्रकरण र पछिल्लो समय कोरोना महामारीका कारण बन्द मलेसिया रोजगारीको बाटो खुला भएको छ । काठमाडौंस्थित मलेसियाको दूतावाासले विज्ञप्ति जारी गर्दै महामारीका कारण लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिएसँगै मलेसिया रोजगारीको बाटो खुलेको हो। मलेसिया पठाउन सिन्डिकेट अपनाइएको भन्दै विवाद भएपछि म्यानपावरले २०७५ जेठ २ गतेदेखि नेपाली श्रमिक मलेसिया जान सकेका थिएन् । त्यतिबेला श्रममन्त्री गोकर्ण विष्ट थिए ।तर, सिन्डिकेटका कारण बन्द भएको १० महिनापछि २०७५ चैतदेखि सरकारले मलेसिया रोजगारी खुला गरेको थियो । रोजगार खुला भएलगत्तै कोभिड–१९ का कारण मलेसिया रोजगारी पुनः बन्द भएको थियो । र, अहिले झन्डै तीन वर्षपछि कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै मलेसिया रोजगारी खुलाइएको छ । तर, अझैँ पनि सिन्डिकेट प्रकरण निम्तिने खतरा छ ।त्यतिबेला २०७५ मा बायोमेट्रिक, भीएलएन, जीएसजी, वान स्टप सेन्टर र माइग्राम्सले मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणलगायतमा ठगी धन्दा चलेको थियो । त्यसपछि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टले मलेसिया रोजगारी तत्कालका लागि बन्द गरिदिएका थिए । सिन्डिकेटधारी ३७ वटा संस्थामा प्रहरीले छापा मार्यो । तर, सबैलाई पक्राउ गर्न सकेन । केही सञ्चालकलाई नियन्त्रणमा लिइयो । तर, पक्राउ परेकाहरु राजनीतिक आडमा पछि छुटकारा पाए ।विभिन्न विवादका बीच फेरि मलेसिया रोजगारी खुलेको छ । अब, रोजगारीका लागि प्रवेश गर्नेहरुले निश्चित मापदण्ड पूरा गर्नुपर्ने भनिएको छ । अब, मलेसिया जानेले त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्ने भनिएको छ । यसैगरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट मान्यताप्राप्त कोरोना खोपको पूरा मात्रा लगाएको हुनुपर्नेछ ।

सम्बन्धित समाचार

२३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव, सेवा प्रवाहमा बाधा

काठमाडौं। संघीय सरकारले स्थानीय तहमा आवश्यक कर्मचारी खटाउन नसक्दा देशभरका २३० स्थानमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ, जसले गर्दा धेरै तहहरु निमित्त प्रमुख प्रशासकीय अधि…

इन्फो नेपाल संवाददाता

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

काठमाडौं । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्याम…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दक्षिण कोरिया नेपाली युवाको लोकप्रिय रोजगार गन्तव्य

काठमाडौं | पछिल्ला केही दशकदेखि दक्षिण कोरिया नेपाली युवाहरूको लागि आकर्षक रोजगार गन्तव्यका रूपमा उदाउँदै आएको छ। यो तथ्य रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी हुने नेपाली…

इन्फो नेपाल संवाददाता