इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिरहा यातायात कार्यालयबाट ५० करोडभन्दा बढी राजस्व सङ्कलन

सिरहा । यातायात व्यवस्था कार्यालय लहान, सिरहाले आर्थिक वर्ष २०७९/०८० मा ५० करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ।

सरकारले साउनदेखि चैतसम्म सवारी साधन करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान, सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैया राजस्व सङ्कलन गरेको हो।

कार्यालय प्रमुख कुशेश्वर साहका अनुसार सवारी करबाट ३६ करोड ६४ लाख ९५ हजार ८९, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट ११ करोड १८ लाख ६८ हजार २०, तथा पटके दस्तुर र रुट परमिटबाट ७९ लाख ७८ हजार २२५ राजस्व सङ्कलन भएको छ।

गत आर्थिक वर्ष २०७८/०७९ मा ४५ करोड ३५ लाख ७४ हजार तीन सय ९४ रुपैया राजस्व उठाइएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष ५ करोड भन्दा बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जानकारी दिए।

आव २०७९/०८० मा ५ हजार २ सय एक वटा नयाँ सवारी साधन दर्ता भएको र ९ हजार २ सय जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको उनले बताए।

मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिएपछि नयाँ सवारीसाधनको दर्ता बढेको कार्यालय प्रमुख साहको भनाई छ। उनले थपे, "कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले राजस्व सङ्कलन उल्लेखनीय बढेको हो।"

सङ्कलन गरिएको राजस्वबाट संघ सरकारलाई १ करोड ७३ लाख ६९ हजार ४ सय चौरानब्बे रुपैया र प्रदेश सरकारको खातामा ४८ करोड ६८ लाख ५५ हजार दुई सय ७८ रुपैया गरी जम्मा ५० करोड ४२ लाख रकम खातामा जम्मा गरिएको कार्यालयका लेखा अधिकृत जय प्रकाश महतोले जानकारी दिए।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

धनुषामा छठघाट रुङ्न बसेका ६० वर्षीय पुरुष शंकास्पद अवस्थामा मृत फेला, एक जना नियन्त्रणमा

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्। स्थानीय करिब ६० वर्षीय रामजतन यादव (म्यानेजर) आज (सो…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क