इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुकुम्बासीलाई भूमि दिन्छु भन्ने केपी ओली ठग हुन् : प्रचण्ड

चितवन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी ओलीले जनतालाई ठगेको आरोप लगाएका छन् । सोमबार चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सुकुम्बासीहरुलाई भूमि दिन्छु भन्दै केपी ओलीले भ्रम छरेको तर काम केहि नभएकोे आरोप लागए । सुकुम्बासी समस्या समाधान आयोगलाई आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाएकाले आयोग खारेज गरेर राष्ट्रिय भूमि आयोग गठन गरिएकोे पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे । ओलीले जनतालाई सहजै ठग्न सक्ने भन्दै प्रचण्डले ओली नेपालकै सफल ठग भएको टिप्पणी गरे ।अध्यक्ष प्रचण्डले नेपाल माओवादी केन्द्रकै राजनीतिमा रहेको बताएका छन् । प्रधानमन्त्री र राष्ट्रपति जो भएपनि देशमा माओवादी केन्द्रकै वरिपरि रहेको बताए । उनले देशमाभएको परिवर्तनको बाहक माओवादी भएको भन्दै प्रतिक्रान्तिको सपना कसैले देखे विद्रोह गर्ने चेतावनी दिएका छन् ।यसैगरी ओलीको कारण चितवनका विभिन्न विकास योजनाको काम रोकिएको पनि प्रचण्डको आरोप छ । चितवनमा केहि भए प्रचण्ड बलियो हुने भएकाले माडीको विकास, सभा गृह , शक्ति खोरको औद्योगिक क्षेत्रलगायतको काममा ढिला सुस्ती भएको उनले बताए । ओलीले प्रचण्डलाई सिध्याउनकै लागि एमालेको महाधिवेशन चितवनमा गर्न लागेको प्रचण्डको दावी छ । ओलीले अत्याचार गरेकाले एमाले केन्द्र र प्रदेशबाट बढारिएको पनि अध्यक्ष प्रचण्डले बताए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क