इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख ७५ हजार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ७५ हजार रुपैयाँ बजेट ल्याएको छ । प्रदेशसभाको बुधबारको बैंठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार अर्थात् ३३ दशमलव ४६ प्रतिशत, पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात ६५ दशमलव ७४ प्रतिशत, अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४९ लाख अर्थात् ३ दशमलव ७३ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ३० करोड गरी कुल ३६ अर्ब ७४ करोड ६४ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष प्रदेश सरकारले बजेट बढाएर ल्याएको हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारले चालू आर्थिक वर्षकोभन्दा आगामी आर्थिक वर्षका लागि ६ अर्बभन्दा बढीले बजेट विनियोजन गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष बाढी पहिरोबाट प्रभावित क्षेत्रका लागि विशेष बजेट विनियोजन गरेको छ । त्यसका लागि १ अर्ब १२ करोड बजेट विनियोजन गरिएको छ । यस्तै, शिक्षातर्फ १ अर्ब २३ करोड ७३ लाख, खानेपानी संरचना निर्माणका लागि १ अर्ब ६७ करोड ९७ लाख, सडक पूर्वाधारका लागि ५ अर्ब ६० करोड ११ लाख, कृषि तथा सहकारी क्षेत्रका लागि ३ अर्ब १० करोड, सुदूरपश्चिम प्रदेशमा खेलकुद संरचना निर्माण गर्न ११ करोड, सुदूरपश्चिमको खेल क्षेत्रका लागि १६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, स्वास्थ्य क्षेत्रका लागि १ अर्ब ६ करोड २६ लाख, राष्टिय खेलकुदको तयारी र खेलाडी छनोटका लागि ९० लाख, सुदूरपश्चिमको पर्यटकीय क्षेत्रलगायत अन्य धार्मिक क्षेत्रका लागि ३ करोड, सुदूरपश्चिमको पत्रकारिता विकासका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम सरकारले विदेशबाट कृषि कर्म सिकेकालाई प्रदेशमा आफ्नो फर्म सञ्चालन गर्न पनि बजेट विनियोजन भएको छ । वैदेशिक रोजगारीबाट कृषि तथा कृषिजन्य सीप सिकेकालाई प्रदेशमा आफ्नो फर्म सञ्चालन गर्न ५ करोड विनियोजन गरिएको अर्थमन्त्री रावलले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारले रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन गरेको छ । प्रदेशको पानी प्रदेशको लगानी, प्रदेशका गाउँ उज्यालो बनाउन, एक घर एक धारा, कैलाली र कञ्चनपुरमा पर्ने चुरेभावर क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न विशेष बजेट विनियोजन गरिएको छ । विपन्न, राजी, सोनाहा मुक्तकमैया, हलियाका लागि सुरक्षित आवास निर्माण गर्न १९ करोड बजेट विनियोज भएको छ । आगामी आर्थिक बर्षमा प्रदेशभर २२ पुल निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ । यस्तै, प्रदेश गौरवका सडक निर्माण कार्यलाई तीव्रता दिइने मन्त्री रावले बताए । मन्त्री रावलका अनुसार कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य बजेटको मुख्य प्राथमिकतामा परेको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

बझाङमा अटोरिक्सा दुर्घटना : एकै परिवारका ४ जनाले ज्यान गुमाए

बझाङ। बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा आज (सोमबार) बिहान भएको अटोरिक्सा दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। टुमेडा गाउँबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारतर्फ जा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क