इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीको इटहरीमा सबैभन्दा बढी बजेट , कहाँ कहाँ कति पाए

सुनसरी / सुनसरी जिल्लाको इटहरीका सबैभन्दा बढी बजेट इटहरी उपमहानगरपालिकाले ९५ करोड २३ लाख रुपैँया बजेट पाएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये इटहरी उपमहानगरपालिकाले सबैभन्दा बढी बजेट पाएको हो । सुनसरी जिल्लाले जम्मा ५ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ पाएकाले छ । गत १५ गते अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आर्थिक बर्ष २०७९/८० को बजेटमा सो रकम विनियोजन गरेका हुन् । धरान उपमहानगरपालिकाले ८३ करोड ४ लाख रुपैया बजेट पाएको छ । सबैभन्दा कम भने गढी गाउँपालिकाले २९ करोड ५७ लाख मात्र बजेट पाएको छ । कुन उपमहानगरपालिका कुन नगरपालिका र कुन गाउँपालिकाले कहाँ कति पाए त ? उपमहानगरपालिकामा :- इटहरी उपमहानगरपालिका : ९५ करोड २३ लाख धरान उपमहानगरपालिका : ८३ करोड ४ लाख मात्र बजेट पाएको छ । नगरपालिकामा:- इनरुवा नगरपालिकाः ४८ करोड ३ लाख दुहबी नगरपालिका : ४९ करोड ७ लाख बराहक्षेत्र नगरपालिका : ६२ करोड ७५ लाख रामधुनी नगरपालिका : ४४ करोड ८३ लाख मात्र बजेट पाएको छ । गाउँपालिकामा:- कोशी गाउँपालिका : ३९ करोड ६८ लाख गढी गाउँपालिका : २९ करोड ५७ लाख देवानगञ्ज गाउँपालिका : ३६ करोड ४६ लाख बर्जु गाउँपालिका : ३२ करोड ४९ लाख भोक्राहा–नरसिंह गाउँपालिका : ३२ करोड १५ लाख हरिनगर गाउँपालिका : ३९ करोड ५७ लाख बजेट पाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क