इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीको छुट्टाछुट्टै ठाउँ दुर्घटना, दुई जनाको मृत्यु

सुनसरी जिल्लाको धरानमा पिकअप र मोटरसाइकल र इनरुवा-दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत धरान उपमहानगरपालिका- ८ विश्वकर्मा मन्दिरनजिक बोलेरो पिकअप गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ च १६६७ नम्बरको गाडीले साँझ ५ः१५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार इटहरी उपमहानगरपालिका–११ का ३१ वर्षीय सुरज दाहालको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक इटहरी- ११ का सन्तोष दाहाल घाइते भएका छन् । सामान्य अवस्थाका उनको उपचार भइरहेको छ ।मोटरसाइकललाई ठक्कर दिने गाडी र चालक सङ्खुवासभाको चिचिला गाउँपालिका–५ का ३३ वर्षीय गङ्गाबहादुर पाँचकोटीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । त्यस्तै, इनरुवा-दुहवी सडकखण्डअन्तर्गत दुहवी नगरपालिका- २ मा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सप्तरी रुपनीका अन्दाजी ३०-३५ वर्षीय रञ्जितकुमार यादवको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ४ प ११८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा यादव घाइते भएका थिए । उनको उपचारका क्रममा दुहवीस्थित जीवन ज्योति अस्पतालमा १२ः५५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने दुवै घटनाको विषयमा प्रहरूिले थप अनुसन्धान गरेको छ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क