इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीको रामधुनी मन्दिर प्रचार प्रसारको कमिमा

सुनसरी / सुनसरीको रामधुनी नगरपालिका - ४ प्रकाशपुरको जंगलको मध्यक्षेत्रमा अवस्थित धार्मिक पर्यटकीय सम्भावना बोकेको रामधुनी मन्दिर प्रचार प्रसारको कमिमा रहेको छ । नेपालकको प्रमुख धार्मीक स्थलहरु मध्येको एक ‘रामधुनी मन्दिर’को आफ्नो छुट्टै विशेषता र महत्व रहको छ । रामनवमी, विवाह पञ्चमी, वालाचतुर्दशी र अन्यबेलामा पनि धर्मावलम्बीहरुको घुइँचो लाग्नेगर्छ । चारै तिर जंगलको विचमा रहेको यो मन्दिरमा धार्मिक आस्था बोकेर विभिन्न समयमा भक्तजनहरु आउने गर्दछन् । त्रेतायुगदेखि जल्न शुरु गरेको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको अचम्मलाग्दो किम्बदन्तीमा आधारित यो स्थान पूर्वाञ्चलकै मात्र नभएर नेपालकै प्रशिद्ध तीर्थस्थल मानिन्छ । राम नवमी, विवाह पञ्चमी र बालाचतुर्दशीमा लाग्ने मेलामा लाखौंको संख्यामा नेपाल, भारत तथा भुटानका मानिसहरू आउने यस पवित्रस्थलमा त्रेतायुगमा रामचन्द्रले बासबस्दा बालेको धुनी निरन्तर आजसम्म जलिरहेको छ । यदी कथंकदाचित निभेमा धरानस्थित पिण्डेश्वरमा रहेको अखण्डदिपबाट प्रज्वलित गर्नुपर्ने र पिण्डेश्वरको अखण्डदिप निभेमा रामधुनीको धुनीबाट आगो लगि सल्काउनु पर्ने परम्परा हालसम्म कायमै रहेको छ । रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित विगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेको छ । सो धार्मिकस्थल रामधुनीमा मुख्यगरी धुनी मन्दिर र दरवार मन्दिर छ । धुनी मन्दिरमा सधैं सालको मूढो सल्काएर राख्ने प्रचलन छ । त्यो जलिरहन्छ र त्यसबाट निस्कने खरानी नै धर्मावलम्बीका लागि मुख्य प्रसाद हो । रामधुनी मन्दिरको दर्शन गर्ने र धुनीबाट जलेको खरानी प्रसादकोरुपमा ग्रहण गर्नाले मनले चिताएको फल प्राप्त हुनेगरेको विश्वास धर्मावलम्बीहरुबीच छ । जहाँ हरेक रामनवमीको दिन ठूलो मेला लाग्ने गर्छ । झुम्काबजारबाट करिब ७ किलोमिटर उत्तरमा रहेको सो क्षेत्रमा त्रेतायुगदेखि रामधुनीस्थल रहेको छ । भगवान रामचन्द्र वनवास गएकाबेला सुनसरीको पवित्र सो क्षेत्रमा आएर एकरात बास बस्दा जलाएको अखण्ड धुनी अद्यापि जलिरहेको विश्वास छ । सो मन्दिरमा स्थानीय सरकार , प्रदेश सरकारले अझै व्यवस्थित तथा उचित प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य धार्मिक पर्यटक बढेर जाने थिए ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क