इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीमा डेङ्गुको सङ्ख्या बढ्यो , संक्रमितको सङ्ख्या ५०

सुनसरी / पछिल्लो समय डेङ्गुको सङ्क्रमण बढ्न देशैभर बढ्न थाले पछि त्यसको प्रभाव सुनसरीमा पनि परेको छ । सुनसरीमा डेङ्गुको संक्रमित ५० जना रहेका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिकामा २३, धरान उपमहानगरपालिकामा १५, बराहक्षेत्र नगरपालिकामा ११ र इनरुवा नगरपालिकामा १ जना डेङ्गु सङ्क्रमित रहेका छन् । पहिले धरानमा महामारीकोरुपमा फैलिएको डेङ्गु यस पटक इटहरीमा सङ्ख्याको हिसाबमा बढी देखिएको छ । सुनसरीमा डेङ्गु सङ्क्रमण बढ्न थाले पछि सुनसरीका स्थानिय सरकार आफैले डेङ्गु नियन्त्रण र न्यूनीकरणका लागि अभियानहरू थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए । जस अनुसार धरानमा सोमबार देखि फगिङ गर्न थालिएको छ भने इटहरी उपमहानगरपालिकामा डेङ्गु नियन्त्रणका लागि सर्च एन्ड डिस्ट्रोए अभियान सुरु गर्ने मेयर हेमकर्ण पौडेलले नगरवासीसँग आव्हान गरेका छन् । एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट यो रोग फैलिने भएकोले डेङ्गुबाट सचेत र सजग रहन स्वास्थ्य कार्यालय सुनसरीले सबैसँग आग्रह गरेको छ । घर वरिपरि पानी जम्न नदिन खाल्डाखुल्डी पुर्नुपर्ने हुन्छ भने फुल दानी, गमला दानी, र धेरै समय सम्म पानी जम्ने बस्तुहरू हटाउन र पुरा बाहुला भएको लुगा लगाउन समेत स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गरेर आग्रह गरेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क