इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीमा मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

सुनसरी / सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाका मेयर राजन मेहेता वडा सदस्य उठेका छन् भने इनरुवा नगरपालिका वडा नम्बर २ को सदस्यमा मेहेताको उम्मेदवारी दिएका छन् इनरुवा कांग्रेस नेताहरुले जिल्ला समन्वय समितिको प्रमुख ताक्न मेयर मेहेता वडा सदस्यमा उठेको तर्क गरेका छन् । वडा अध्यक्षमा रन्जेस भट्टराई नेतृत्वको टीममा मेहेताको नाम सदस्यमा दर्ता भएको छ । मेयरमा दोहोरिन नपाएका मेहेताले जिल्ला समन्वय समितिको प्रमुख बनाउने तयारीलाई खुलेर स्वीकारेनन् । नेपाल प्रेससँग मेहेताले भने, ‘पार्टीले वडा सदस्य उठायो । पहिले चुनाव जितेपछि जिल्ला समन्वय समितिको कुरा आउँछ ।’ सुनसरीमा हेभीवेट नेताले वडा सदस्य उठेर जिल्ला समन्वय समिति ताक्ने यो पहिलो उदाहरण भने होइन , तत्कालीन नेकपा एमाले सुनसरीका कावा अध्यक्ष रमेश बस्नेत धरान वडा नम्बर ६ को सदस्य उठेका थिए तर, वडा चुनाव जिते पनि जिल्ला समन्वय समिति निर्माणमा एमालेकाे बहुमत नआएपछि उनी सदस्यमै सीमित भएका थिए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क