इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी क्षेत्र २ मा प्रतिनिधी सभामा लाल बिक्रम थापाको अग्रता कायमै, भिम आचार्य पछ्याउँदै

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लाल बिक्रम थापाले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार थापाले अहिलेको अपडेटमा ४ हजार ५९ मत प्राप्त गरेर सुरूवाती अग्रता कायम राखेका छन् । यता, नेकपा एमालेका उम्मेदवार भिम आचार्यले ३ हजार १४७ मत पाइरहदा उनका निकटतम प्रतिद्वन्द्वी उम्मेदवार नेपाली कांग्रेसका सिताराम मेहताले २ हजार १२२ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकोका उम्मेदवार दिनेशकुमार बस्नेतले ७ सय ७५ मत प्राप्त गरेका छन् । सुनसरी क्षेत्र नं २ क मा उठेका दुवै उम्मेद्वार राजनीतिक क्षेका खेलाडी मानिन्छन । एमालेको लाल किल्ला मानिएको सुनसरी २ मा पछिल्लो समय स्वतन्त्र हाबि बनेको देखिएको छ । सुनसरी २ को मतगणना इनरुवास्थित शिक्षा तालिम केन्द्रमा भइरहेको छ ।

सम्बन्धित समाचार

धनुषामा छठघाट रुङ्न बसेका ६० वर्षीय पुरुष शंकास्पद अवस्थामा मृत फेला, एक जना नियन्त्रणमा

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्। स्थानीय करिब ६० वर्षीय रामजतन यादव (म्यानेजर) आज (सो…

इन्फो डेस्क

रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना: एक वृद्धाको मृत्यु, दुई घाइते

राैतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। ​आज बिहान करिब १…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

काठमाडाैँ। नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी एमालेका चार जना मन्त्रीले शुक्रबार राजीनामा दिएसँगै एमाले सरकारबाट अलग भएको हो। ​एमाले संसदीय दलको निर्देशनअ…

इन्फो डेस्क