इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी जिल्लामा करिब ६५ प्रतिशत मत खस्यो

सुनसरी / आज आइतबार भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरीमा करीब ६५ प्रतिशत मत खसेको छ । सुनसरी जिल्लाभर कूल ५,४४,९४१ मतदाता छन् । मतदाता मध्य चारवटा निर्वाचन क्षेत्रमा करीब ६५ प्रतिशत मत खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । प्रारम्भिक जानकारी अनुसार सुनसरी क्षेत्र नम्बर १ मा ५६ प्रतिशत, सुनसरी २ मा ६० प्रतिशत, सुनसरी ३ मा ६५ प्रतिशत र सुनसरी ४ मा ६४ प्रतिशत मत खसेको छ । आज राति सर्वदलीय बैठक बसेर आजबाट मतगणना जारी हुने भएको छ । सुनसरी १ को मतगणना धरानस्थित सभागृहमा हुने र सुनसरी २ को इनरुवास्थित शिक्षा तालिम केन्द्रमा, सुनसरी ३ को दुहबी कभर्डहलमा र सुनसरी ४ को भगवती मावि इनरुवामा मतगणना हुने भएको छ । जम्मा मतगणना आउन बाकी रहेेको छ ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता