इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुन्दरहरैँचामा बचतकर्ताको रकम हिनामिना, सहकारीका एक जना कर्मचारी पक्राउ

सुनसरी / मोरङको सुन्दरहरैँचामा बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सुन्दरहरैँचा ६ मा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गोठगाउँ सेवा केन्द्रका सहायक कर्मचारी सुन्दरहरैँचा ७ गोठगाउँका २४ वर्षीय विवेक भुजेल रहेका छन् । सहकारीका सचिव यमप्रसाद सिग्देलको जाहेरीका आधारमा पक्राउ गरेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ । सहकारीले सचिव सिग्देलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन गरेको थियो । जम्मा गरेको रकम बचतकर्ताले आफ्नो खातामा नभएको थाहा पाएपछि सहकारीलाई गुनासो गरेका थिए । सहकारीले सचिव सिग्देलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन गरेको थियो । सहकारीका लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोखरेलसमेत सम्मिलित समितिले बचतकर्ताको ४६ लाख ८७ हजार नौ सय ८० रूपैयाँ सहकारीको काउन्टरमा कार्यरत भुजेलले हिनामिना गरेको पत्ता लगाएको हो । उनीविरुद्ध सहकारी ठगी कसूरमा कारबाही अघि बढाइने डीएसपी श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क