इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुन्दरहरैंचा नगरपालिकाको मेयरमा केदारप्रसाद गुरागाईं र उपमेयरमा अकली चाैधरी विजयी

सुनसरी / माेरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केदारप्रसाद गुरागाईं र नेकपा एमालेकी उपमेयर अकली चौधरी विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालय सुन्दरहरैंचाका अनुसार केदारप्रसाद गुरागाईले २१ हजार ४ सय ५ मत ल्याएर मेयरमा विजयी भएका हुन् । गुराँगाईका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शिवप्रसाद ढकालले २० हजार ६ सय ७८ मत ल्याएका छन् । ढकाललाई ७ सय २७ मतकाे अन्तरले पछि पार्दै गुरागाईं विजयी भएका हुन् । त्यसैगरी, नेकपा एमालेबाट उम्मेद्वार बनेकी अकली चौधरी २२ हजार ४ सय ५२ का मतले सुन्दरहरैंचा नगरपालिकाको उपमेयर पदमा विजयी भएकी हुन् । निकटतम प्रतीद्वन्दी नेकपा माओवादी केन्द्रबाट उप प्रमुख पदका उम्मेद्वार नवराज चापागाईँले ११ हजार ३ सय मत ल्याएका छन् । त्यस्तै, उपमेयरमा राप्रपा पार्टीका उम्मेद्वार सुमित्रा बस्नेतले २ हजार २ सय ४९ र नेकपा एकीकृत समाजवादीका उम्मेद्वार महेशकुमार आचार्यले १ हजार २३ मत ल्याएका छन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता