इन्फो नेपाल — सञ्चारको सञ्जाल

सूचना प्रविधि ज्ञानपार्क (आईटी पार्क) निर्माणको काम अलपत्र

काठमाडौं । सरकारले सञ्चालनमा ल्याउने भनेको सूचना प्रविधि ज्ञानपार्क (आईटी पार्क) निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण गर्ने क्रममा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ललितपुरको खुमलटारमा आईटी पार्क बनाउने घोषणा गरेका थिए । तर साढे दुई वर्ष बित्दा पनि आईटी पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार हुन सकेको छैन । हालसम्म पार्क निर्माणस्थलमा पर्खालमात्रै बनाइएको छ । सरकारी निकायबीच समन्वय नहुँदा पार्क निर्माणले गति लिन नसकेको हो । खुमलटारस्थित रेडियो नेपालको नाममा रहेको जग्गा सूचना प्रविधि विभागको नाममा नआउँदा ज्ञानपार्क निर्माण प्रक्रिया सुरु हुन नसकेको विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ बताउँछन् । ‘अहिले केही प्राविधिक कठिनाइ आएको छ । विभाग मातहत जग्गा आउनासाथ काम अघि बढाउन हामी तयार छाैं,’ उनले भने । रेडियो नेपालको नाममा रहेकाे करिब एक सय ६० रोपनी जग्गामध्ये लगभग ४५ रोपनी जग्गा सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ भने अन्य जग्गा रेडियोले निजी कम्पनीलाई भाडामा लगाएको छ । सो जग्गामा सशस्त्र प्रहरीले करोडौंको संरचना बनाइसकेको छ । सूचना प्रविधि विभागको नाममा जग्गा नामसारी र त्यहाँको भौतिक संरचनाको व्यवस्थापन नहुँदा ज्ञानपार्क निर्माणको कामले गति लिन नसक्ने श्रेष्ठकाे भनाइ छ । तर जग्गाको विषयमा सरकारी निकायबीच समन्वय नै हुन सकिरहेको छैन । यही कारण विभागले डीपीआरका लागि खुलाएको टेन्डर पनि ८ महिनापछि रद्द भएको थियो । बनेपामा अवस्थित आईटी पार्क पूर्णरुपमा सञ्चालनमा ल्याउन नसकेपछि त्यहाँ सेक्युरिटी प्रिन्टिङ प्रेस राख्ने भन्दै सरकारले खुमलटारमा सूचना प्रविधि ज्ञानपार्क बनाउने योजना ल्याएको थियो ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता