इन्फो नेपाल — सञ्चारको सञ्जाल

सेयर बजार: लगानीकर्ताको सम्पत्ति ३ खर्ब २४ अर्बले घट्यो

काठमाडौँ — चालु आर्थिक वर्षको साढे २ महिनामा सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य ३ खर्ब २४ अर्ब रुपैयाँले घटेको छ । उक्त अवधिमा अधिकांश दिन सेयर बजार घटेको थियो । यहीकारण सेयर बजारको आकार (कुल बजार पुँजीकरण) खुम्चिएपछि लगानीकर्ताको सम्पत्ति पनि घटेको हो । सेयर बजारमा सूचीकृत कुल सेयर संख्यालाई तिनको पछिल्लो बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ । कम्पनीहरूको सेयर मूल्य धेरै हुँदा बजार पुँजीकरण पनि धेरै हुन्छ भने कम हुँदा पुँजीकरण पनि कम हुन्छ । बजार पुँजीकरण धेरै हुँदा लगानीकर्ताको सम्पत्तिको मूल्य बढ्छ भने पुँजीकरण कम हुँदा घट्छ । चालु आवको सुरुवाती साढे २ महिनामा बजार पुँजीकरण घटेकाले अहिले लगानीकर्ताको सम्पत्तिको मूल्य पनि घटेको हो । बजार पुँजीकरण विस्तार हुँदा लगानीकर्ताको आम्दानी बढेको रुपमा विश्लेषण गर्न मिल्दैन । किनकि सेयर मूल्य बढे पनि त्यो बिक्री गरेर रकम प्राप्त नगर्दासम्म लगानीकतालार्ई आम्दानी नहुने भएकाले यसलाई सम्पत्तिको मूल्य मात्र बढेको रूपमा विश्लेषण गरिन्छ । नेप्सेको तथ्यांकअनुसार गत बिहीबारसम्म ३६ खर्ब ८६ अर्ब ३३ करोड रुपैयाँ कुल बजार पुँजीकरण कायम भएको छ । गत असारको तुलनामा बिहीबारसम्मको बजार पुँजीकरण ३ खर्ब २४ अर्ब रुपैयाँले कम हो । गत असार मसान्तमा यस्तो पुँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड रुपैयाँ थियो । भदौ साता पहिलो साता कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब पुगिसकेको थियो । यो हालसम्मकै उच्च हो । यही उच्च तहसँग तुलना गर्दा गत बिहीबारसम्म लगानीकर्ताको सम्पत्तिको मूल्य करिब ८ खर्बभन्दा धेरैले घटी सकेको छ । यस्तै, गत आवको अन्त्यको तुलनामा गत सातासम्म नेप्से परिसूचक करिब २ सय ५० अंकले घटीसकेको छ । गत असारमा नेप्से २ हजार ८ सय ८३.४१ बिन्दुमा थियो । गत सातासम्म आइपुग्दा यो घटेर २ हजार ६ सय ३३.४२ बिन्दुमा ओर्लेको छ । यसैगरी, गत आवदेखि नै सेयर बजारमा लगानीकर्ताको संख्या पनि तीव्र गतिमा थपिएको छ । २०७७ असारमा दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या २ लाख ४५ हजार ४ सय ७४ थियो । गत सातासम्म दोस्रो बजारमा कुल लगानीकर्ताको संख्या १० लाख ४६ हजार पुगेको छ । यसरी एकै वर्षमा लगानीकर्ताको संख्या ३ सय प्रतिशत (करिब थप ८ लाखले) वृद्धि भएको छ । गएको एक वर्षमा बजारमा थपिएकामध्ये सबैजसोले अनलाइन सेयर कारोबारका लागि ‘लगइन र युजरनेम’ लिएको देखिन्छ । २०७७ असारमा यस्तो संख्या ३५ हजार १ सय १९ मात्र थियो । पब्लिक कम्पनीको सेयरलाई विद्युतीय रूपमा सुरक्षित राख्ने सीडीएस एन्ड क्लियरिङ कम्पनीका अनुसार गत असारसम्म ४४ लाख ७६ हजार डिम्याट (सेयर अभौतिकीकरण खाता) खाता खुलेका छन् । २०७७ असारमा डिम्याट खाताको संख्या १७ लाख २३ हजार ९ सय थियो । यस्तै, २०७८ साउनमा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २ सय २० पुगेको छ । सूचीकृत कम्पनीमध्ये १ सय ४४ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । चालु आवको पहिलो महिनामा सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८.२ प्रतिशत छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा ९.८ प्रतिशत, लगानीको ८.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ३.९ प्रतिशत, होटेलको १.४ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत तथा अन्य उपसमूहको ७.८ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार

आइपिओ निष्काशनका लागि २ कम्पनीलाई धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं | जारी पूँजी ७५ करोड रहेको क्रेस्ट माइक्रो लाइफसँगै नेपालको पहिलो औषधी कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले आइपिओ निष्काशन गर्न अनुमति पाएका छन् । माघ ४, बिहीबार धितोपत्र…

इन्फो नेपाल संवाददाता

७७ कम्पनीले ल्याउँदै आईपीओ, सर्वसाधारणले १ लाख रुपैयाँ जुटाउनुपर्ने

काठमाडौं | करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सन्तोषनारायण श्रेष्ठको नियुक्तिसँगै लामो समयदेखि रोकिएका आईपीओ (साधारण शेयर) निष्काशन प्रक्रिया अघि बढ्ने भएको छ। ७७ कम्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आजदेखी सुपर मादी हाइड्रोको आईपीओ

काठमडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । आईपीओमा लगानीकर्ताले आउँदो माघ १२…

इन्फो नेपाल संवाददाता