इन्फो नेपाल — सञ्चारको सञ्जाल

सोमबारबाट काठमाडौँ महानगरमा कल सेन्टर

काठमाडौँ : फोहोर व्यवस्थापन समस्या पेचिलो बन्दै गए पनि काठमाडौँ महानगरपालिकाको पहिलो कार्यपालिकाले गरेको निर्णय अनुसार सोमबारबाट कल सेन्टर भने सुरु हुने भएको छ। महानगरपालिकाको मेयर बालेन्द्र साहले पहिलो कार्यपालिका बैठकमा एक हप्तामा महानगरवासीको गुनासो सुनुवाइ गर्न कल सेन्टर सुरु गर्ने प्रस्ताव गरेका थिए। सो प्रस्ताव बैठकले सर्वसम्मले पारित गरेको थियो। महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्था सहित पहिलो चरणमा ५० वटा युनिटमा गुनासो र सुझाव पठाउने गरी सोमबारबाट कल सेन्टर सुरु गर्न लागेको हो। पहिलो चरणमा आएका गुनासाहरू महानगरपालिकाकाको प्रशासनिक युनिट र सम्पदा, वातावरण लगायतका विभागमा जाने गरी कल सेन्टर सुरु गर्ने तयारी भएको हो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क