इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्कारपिओ गाडी दुर्घटना हुँदा एक जनाको मृ´त्यु , पाँच जना घाइते

सुनसरी / सुनसरीको कोशी गाउँपालिका-६ शिव चोकमा हिजो मंगलबार राति करिब ९ बजे स्कारपिओ गाडी दुर्घटना हुँदा एक जनाको मृ´त्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सप्तरीको हनुमाननगर–कङ्कालिनी-५ कमा बस्ने ५० वर्षीय दिलीप मण्डलको मृ´त्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जनाए । दुर्घटनामा गम्भीर घाइते बनेका उनको उपचारका क्रममा राति १० बजे मृ´त्यु भएको हो । पूर्व–पश्चिम लोकमार्गको कोशी गाउँपालिका-६ मा स्कारपियो गाडी दुर्घटनामा परेको थियो । इनरुवातर्फ आउँदै गरेको प्र २–०१–००१च००३१ नम्बरको स्कारपियो गाडी सडकमा रोकेर राखिएको बिआर ०१ जिए ४४८३ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको थियो । अनियन्त्रित बनेको स्कारपिओ फेरि ना७ख ५८३ नम्बरको ट्रकमा पनि ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा राति १० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँचजना घाइते समेत भएका छन् । दुर्घटनामा सप्तरीको हनुमाननगर–कङ्कालिनी–५ का ४८ वर्षीया रामकुमारीदेवी रजक, ५० वर्षीय उमेशकुमार साफी, ४४ वर्षीय रामकुमार राजक, ६० वर्षीय लक्ष्मण साफी र ३६ वर्षीय राजेश मेहता घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा स्कारपियोका चालक फरार छन् भने गाडी तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क