मोहत्तरी : महोत्तरी र मोरङमा वडा सदस्यमा ९४ वर्षका दुई जना उम्मेदवार वडा सदस्यमा विजयी भएका छन्।
महोत्तरीको बलवा नगरपालिका ९४ वर्षीय जीबछ नदाफ वडा नम्बर १ को सदस्यमा विजयी भएका हुन्। उनले ५ सय ७४ मत ल्याएका छन्। उनले नेकपा एमालेका बजरंगी महतो कोइरीलाई दुई सय ११ मतले पराजित गरेका हुन्। कोइरीले ३६३ मत प्राप्त गरेका थिए।
मोरङको जहदा गाउँपालिकामा ९४ वर्षीय सूर्यनारायण मण्डल पनि वडा नम्बर ७ को सदस्यमा विजयी भएका हुन्। उनले ९ सय ३० मत ल्याएका छन्। उनले माओवादी केन्द्रका लिलानन्द ठाकुरलाई ४ सय ४४ मतले पराजित गरेका हुन्। ठाकुरले ४ सय ८६ मत प्राप्त गरेका थिए।
उनीहरू दुबै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए।
निर्वाचन आयोगका अनुसार यसपालिको चुनावमा जित हात पार्ने सबैभन्दा बढी उमेरका उम्मेदवार यिनै दुई जना हुन्।
काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…
काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…