इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्थानीय पाठ्यपुस्तकको विषयमा छलफल र सुझाव संकलन

कैलाश | कैलाश मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा सरोकारवाला पक्षहरुसँग छलफल तथा सुझाव संकलन गरिनुका साथै गाउँ शिक्षा योजना मस्यौदाको कार्यशाला गोष्ठी भएको छ । सोमबार गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व सहसचिव कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्ता रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्व सहसचिव घिमिरेले विद्यालयका प्रअहरु पनि एउटा पाठ्यक्रम हुन् । यहाँहरुले नेतृत्वदायी भूमिका शिक्षकहरुले निभाउनुपर्ने बताए । आफ्नो गाउँपालिकाको विषयवस्तु र अवस्थाबारे थाहा पाउनको लागि जुन पाठ्यपुस्तक बनाएर विद्यार्थीहरुको ज्ञान क्षमता अभिवृद्धितर्फ लाग्नुभएको प्रति गाउँपालिकालाई धन्यवाद दिँदै बालबालिकाले आफ्नो पालिकाभित्रका भाषा, धर्म, संस्कृति, पर्व लगायत धार्मिक तथा पर्यटन क्षेत्रको बारे ज्ञान लिन सक्ने बताए ।

कार्यक्रममा पाठ्यपुस्तकका लेखक एंव पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीनानाथ गौतमले कक्षा ४ र ५ को पुस्तकमा समेटिएका विषयवस्तुबारे प्रस्तुत गरेका थिए । कक्षा ४ को पुस्तकमा कैलाश गाउँपालिकाको पृष्ठभूमि, गाउँपालिकाभित्रका कला संस्कृति, चाडपर्व, जातजातीय संस्कार, प्राकृतिक वन र वातावरण, वन्यजन्तु,जीवजनावर, वनस्पति, जडिबुटी, कृषि, मसलाबाली अन्नबाली, नगदेबाली, पशुपालन, धार्मिक तथा पर्यटकीय स्थलको परिचय, कैलाशमा उत्पादनमूलक घरेलु उद्योगका विषयवस्तु समेटिएको लेखक गौतमले बताए ।

त्यस्तै कक्षा ५ मा पनि सोही विषयवस्तु समेट्दै स्थानीयस्तरमा पाइने वन्यजन्तुहरुको नाम र संरक्षण, अन्नबाली अन्तरगत मकै, गहुँ, कोदो खेती लगाउने तरिका, गाई, बाख्रा पालनको तरिकाका साथै कृषि क्षेत्र र सहकारीको विषयवस्तु पनि समेटिएको उनले बताए ।

गाउँ शिक्षा योजना मस्यौदाको विषयमा विज्ञ तोयाप्रसाद अम्मैले गाउँ शिक्षा निर्माणको आवश्यकता, औचित्य र प्रक्रियाबारे आफ्नो प्रस्तुतीकरण गरेका थिए । शिक्षा क्षेत्रको मुख्य समस्या तथा चुनौतिहरुको विश्लेषण गर्दै पालिकाको सबै अवस्थाका बालबालिकाहरुको पोषण स्याहार मनोरञ्जन सहितको प्रारम्भिक बाल शिक्षा, निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा, शिक्षामा समतामूलक पहुँच पुर्याउने उद्देश्य रहनुपर्ने जनाए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्लले स्थानीय पाठ्यक्रमले सम्रग कैलाशलाई पढ्न सकिने बताए । कक्षा ६, ७ र ८ का पुस्तक यही शैक्षिक सत्रदेखी विद्यालय पुगिसकेका छन् अब ४ र ५ को तयार हुने उनले बताए । कैलाशको शैक्षिकस्तर वृद्धि गर्नुछ, सोही अनुरुप पालिकाले शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको उपाध्यक्ष मल्लले बताए ।

कार्यदलले तयार पारेको शिक्षा योजनामा सुझाव दिन उनले सबैलाई आग्रह गरेका छन् । सबैको सुझाव पश्चात मात्रै गाउँशिक्षा योजनालाई सार्थकता दिईने उनले बताए ।

कार्यक्रममा गाउँ शिक्षा योजना मस्यौदा कार्यदलका संयोजक एंव सामाजिक विकास समितिका संयोजक वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, गाउँ शिक्षा समितिका सदस्य निर्मला सिन्तान, भवानी माविका प्रअ बालचन्द्र मल्ल लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, ३ का वडाध्यक्ष देवलाल बल, ७ का वडाध्यक्ष उदासकुमार भोलन, ८ का वडाध्यक्ष आषिश प्रजा, ९ का वडाध्यक्ष भूवन सिं घलान, शिक्षा शाखा प्रमुख समिर जोशी, कैलाश गाउँपालिकाका सामूदायिक विद्यालयका प्रअहरु, बाल क्लब सञ्जालका प्रतिनिधिहरुको आतिथ्ता रहेको थियो

सम्बन्धित समाचार

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

भोटेकोसी बाढीपीडितका लागि कैलाशले पाँच लाख दिने

कैलाश | मकवानपुरको कैलाश गाउँपालिकाले रसुवा जिल्लामा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैय…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

कैलाशमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बन्धी तालिम सुरु

कैलाश। मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तीनदिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) सम्बन्धी तालिम सुरु भएको छ। प्रेम सेवा समाजको आयोजना…

इन्फो नेपाल संवाददाता