इन्फो नेपाल — सञ्चारको सञ्जाल

हामीले बाल्यकालमा कितावमा मयुर प्वाख राख्थ्यौँ, आज सात फाइदा थाहा पाउनुहोस्

मयुरको प्वाख सुन्दर हुनुका साथै हिन्दु धर्मालम्बीबीच पवित्र मानिन्छ । तर किन मयुरको प्वाख पवित्र मानिन्छ होला ? यसबारे धेरैमा जिज्ञासा हुनसक्छ । हिन्दुमाझ मयुरको प्वाख पवित्र मानिनुमा प्रसंग भगवानसंग जोडिएर पनि हो । भगवान श्रीकृष्ण आफ्नो शिरमा मयुर प्वाख लगाउने गर्दथे । साथै भगवान विष्णु र देवी लक्ष्मीमा समेत प्रिय मानिन्छ । साथै गणेश र सरस्वतीलाई समेत यो प्रिय मानिन्छ । यतिमात्र होइन भगवान कार्तिकेयको वहान पनि मयुर नै हो । मयुर प्वाख जति सुन्दर मानिन्छ । त्यति नै यसलाई घरमा राख्दा पनि लाभ हुने धार्मीक मान्यता छ । यसलाई घरमा राख्दा ग्रह दोषदेखि वास्तु दोषसमेत निवारण हुने मान्यता छ । के के छ त मयुर प्वाख घरमा राख्नुको फाइदा : १. नकारात्मक ऊर्जालाई नष्ट गर्न घरको मुख्यद्धारमा मयुर प्वाख राखेर त्यस मुनि गणेशको प्रतिमा वा तस्बीर राख्न पर्दछ । यसो गरे घरमा सुख शान्ति प्राप्त हुने मान्यता छ । २. घरको पूजा कोठामा देवी देवताका साथै मयुरको प्वाख राख्नु अत्यन्त शुभ मानिन्छ । यसो गरे घरमा सुख–समृद्धि बनी रहने आर्थिक समस्या नहुने मान्यता छ । ३. घरमा सकारात्मक ऊर्जा सञ्चार गराउन, परिवारका सदस्यबीचको समस्या नष्ट गर्न सम्बन्ध प्रगाढ बनाउन घरको बैठक कक्षमा मयुर प्वाख लगाउनु पर्दछ । ४. प्रेमको प्रतीक पनि मानिने भएकाले वास्तुशास्त्र अनुसार २ वटा मयुर प्वाख बेडरूममा राख्नु पति पत्निका बीच आपसी तालमेल र प्रेम दिर्घायु हुने मान्यता छ । ५. भगवान श्रीकृष्णको प्रिय बाँसुरीका साथ मयुर प्वाख राखेमा घरको वास्तु दोष निवारण हुने धार्मीक मान्यता छ । ६. देवी सरस्वतीलाई समेत प्रिय मयुर प्वाख पढाई कमजोर भएका बालबालिकाको किताबका बीचमा रोखमा बालबालिकालाई पढाईमा रुची बढ्ने मान्यता छ । ७. घरमा जुन ढुकुटीमा रुपैयाँ पैसा वा गरगहना राखिन्छ त्यहा मयुर प्वाख राखेमा आर्थिक स्थितिमा सुधार हुने विश्वास गरिन्छ ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क