इन्फो नेपाल — सञ्चारको सञ्जाल

हिम्लुङ हिमपहिरोमा ज्यान गुमाउने थप दुई जनाको शव भेटियो

काठमाडाैँ ।  मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई जनाको शव भेटिएको छ। सोमबार खोज तथा उद्धारका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो।

​नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार यसअघि आइतबार घटनास्थलबाटै छेबी भोटे र पासाङ भोटेको शव संकलन गरिएको थियो। योसँगै हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

​हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको बताइए पनि यकिन संख्या भने अझै खुल्न सकेको छैन। जिल्ला प्रशासन कार्यालय मनाङले घटनाको विस्तृत विवरण संकलन गर्दै हराइरहेकाहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

सम्बन्धित समाचार

गोरखाको धार्चेमा सुक्खा पहिरो

गाेरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारुबगर र ठाडो भर्‍याङको जंगल क्षेत्रमा सुक्खा पहिरो खसेको छ। आज (शनिबार) बिहान करिब ८ बजेतिर त्यस क्षेत्रमा सुक्खा पहिरो गएको हो। ​पहिरो…

इन्फो डेस्क

बाढीपहिरोपछि सुस्ताएको मुस्ताङको पर्यटन दशैँ लगत्तै लयमा फर्कियो

काठमाडाैँ । रसुवाको बाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकमार्ग खुलेसँगै हिमाली जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। दशैँअघि सुनसा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

बाढीपहिरोले तहसनहस बेनी–दरवाङ–मुना सडक, पुनर्निर्माणमा सात करोड

बाबियाचौर । गत असोजमा आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले पश्चिम म्याग्दीको प्रमुख यातायात मार्ग बेनी–दरवाङ–मुना सडकमा ठूलो क्षति पुर्‍याएको छ। सडकका विभिन्न खण्डमा पहिरो खस्ने,…

इन्फो नेपाल संवाददाता