इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा जारी राष्ट्रिय बुद्धिचालमा रूपेश र सिन्दिराको अग्रता कायमै

हेटौँडा । हेटौँडास्थित होटल सामनाको सभाहलमा जारी २५औं पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा तेस्रो दिनसम्म पाँच चरणका खेल सम्पन्न भएका छन्।

पुरुषतर्फ: रूपेश जैसवाल स्पष्ट अग्रता

पुरुषतर्फ एफएम रूपेश जैसवालले ४.५ अंकसहित स्पष्ट एक अंकको अग्रता कायम गरेका छन्। मंगलबार सम्पन्न खेलमा उनले नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरे। त्यस्तै, मकवानपुरका क्षितिज भण्डारी र झापाका शुश्रुत दहाल समान ३.५ अंकसहित संयुक्त दोस्रो स्थानमा उक्लिएका छन्। क्षितिजले काठमाडौंका सिएम नवीन तण्डुकारलाई पराजित गरे भने शुश्रुतले भक्तपुरका विनय थापालाई हराए।

यस्तै, दोलखाका आशिष फुँयाल, काठमाडौंका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी समान ३ अंक सहित संयुक्त तेस्रो स्थानमा छन्।

महिलातर्फ: सिन्दिरा जोशीको अपराजित यात्रा

महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरणसम्म नेसनल वुमन च्याम्पियन सिन्दिरा जोशीले ४.५ अंकसहित स्पष्ट अग्रता बनाएकी छिन्। चार खेलमा जित र एक खेल बराबरी गर्दै उनी अपराजित छिन्।

काठमाडौंकी एन्जल महर्जन र विनिता कपाली समान ४ अंक बनाउँदै संयुक्त दोस्रो स्थानमा छन्। एन्जलले चार जित र एक हार आत्मसाथ गरेकी छिन् भने विनिताले लगातार चार खेलमा जित हात पारेकी छिन्।

त्यस्तै, बाँकेकी ईशा गिरी र मोरङकी शान्ति धिमाल समान ३.५ अंक सहित संयुक्त तेस्रो स्थानमा छन्। दुवैले तीन जित र एक खेल बराबरी खेलेका छन्।

प्रतियोगिताका बाँकी खेलहरूमा शीर्ष स्थानका खेलाडीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क