इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा हुने दोस्रो राष्ट्रिय निर्माण महोत्सव गृहमन्त्री लेखकले उद्घाटन गर्ने

हेटौँडा | हेटौँडामा यही फागुन ६ गतेदेखि १८ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। १० वर्षपछि दोस्रोपटक आयोजना हुन लागेको यो महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने निर्माण व्यवसायी संघका अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिएका हुन्  ।

नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ मकवानपुरको संयुक्त आयोजनामा हुन लागेको महोत्सव संघको भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

संघ महासचिव राजेन्द्र चौलागाईंका अनुसार महोत्सवमा ३५० स्टल रहनेछन्, जसमा निर्माण उपकरण, औद्योगिक उत्पादन, हस्तकला, महिला उद्यमीका सामग्रीहरू प्रदर्शनी तथा बिक्री गरिनेछ। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई स्टल भाडामा ५० प्रतिशत छुट दिइने संघले जनाएको छ।

संघ वरिष्ठ उपाध्यक्ष सागर कटुवालका अनुसार महोत्सवले निर्माण सामग्री उत्पादक, बिक्रेता र उपभोक्ताबीच समन्वय बढाउनेछ। साथै, यसले गुणस्तरीय प्रतिस्पर्धा सिर्जना गर्दै व्यवसायीहरूबीच अन्तरक्रिया तथा चुनौतीबारे छलफलको अवसर प्रदान गर्नेछ।

महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम राखिएको छ। गायन क्षेत्र प्रवर्द्धन गर्न ‘हेटौँडा आइडल’ प्रतियोगिता आयोजना गरिनेछ, जसमा मकवानपुरका प्रतिभाहरूले प्रस्तुति दिनेछन्।

महोत्सव सफल बनाउन २५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघ कार्यालय प्रमुख सुन्दर घिमिरेले जानकारी दिए।

सम्बन्धित समाचार

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

शव पहिचानमा सघाउन हेटौँडामा प्रोजेक्टरसहितको कक्ष

हेटौँडा | रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका व्यक्तिको सनाखतमा सहयोग पुर्‍याउन हेटौँडा उपमहानगरपालिकाले प्रोजेक्टरसहितको कक्ष सञ्चालनमा ल्याएको छ। नगर प्रमुख…

इन्फो नेपाल संवाददाता