इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा अस्पतालमा उपचारको क्रममा ३ महिने शिशुको मृत्यु

मकवानपुर: हेटौँडा अस्पतालमा उपचारको क्रममा ३ महिने शिशुको मृत्यु भएको छ । बुधवार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३३ वर्षीय रश्मि रुम्बाको १०५ दिनकी छोरी रियासा रुम्बाको मृत्यु भएको हो । घटना भएको खबर आएको भएपनी बाँकी जानकारी नभएको प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए । यता, परिवारका अनुसार बच्चाको दाहिने थाइको हड्डीमा सङ्क्रमण भइ १४ गते हेटौँडा अस्पतालमा भर्ना भएकोमा १८ गते बिहान १० बजेको समयमा अप्रेसन गरिएको थियो । त्यसै दिन दिउसो २ बजे बच्चाको मृत्यु भएको परिवारले जनाएको छ । बच्चाको आफन्तहरूले डाक्टरको कमीकमजोरीको कारण मृत्यु भएको आरोप लगाएका छन । बच्चाको शव हेटौँडा अस्पताल मै रहेको जनाईएको छ  । *सच्याईएको: तिन महिनाको हुनुपर्नेमा तिन वर्षको लेखिएकाले सचाइएको छ । भुलवश हुन गएको त्रुटिका लागि क्षेमा प्राथि छौ । 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क