इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडामा जारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको दुई खेल सम्पन्न

हेटौंडा - यहाँ मंगलबारदेखि छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको दुई खेल सम्पन्न भएको छ। प्रतियोगिताको पहिलो खेलमा सर्लाहीको बागमती युवा क्लबले भुटानको पारो एफसीलाई ३-१ गोलले हराएको थियो। बुधबार भएको अर्को खेलमा न्यूरोडटिमले हिमालयन शेर्पालाई ३-० ले पराजित गरेको छ। उत्कृष्ट जितका साथ न्युरोडटिम (एनआरटी) यहाँ जारी स्थानीय तह शहिद स्मृति छैठौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ एनआरटीले गत संस्करणको उपविजेता हिमालयन शेर्पा फुटबल क्लबमाथि शून्यका विरुद्ध ३ गोलको जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । हेटौडा स्थित गौरीटार रंगशालामा भएको खेलमा एनआरटीका लागि सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठले गोल गरे । खेलको म्यान अफ द म्याच पनि एनआरटी कै सरोज तामाङ घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १८ गते बिहीबारको प्रिक्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यु डाँफे फुटबल क्लब, हेटौडाको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेृछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क