इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा पनि र्यापटिङ सेवा सुरु

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा शनिवारदेखि र्यापटिङ सेवा औपचारिक रूपमा सुरु भएको छ। राप्ती खोलामा सुरु गरिएको यो सेवा हेटौँडाको राप्तीपुलदेखि रजैया-ज्यामिरेसम्म सञ्चालन हुनेछ।

यसअघि त्रिशूली नदीमा मात्र उपलब्ध रहेको र्यापटिङको अनुभव अब हेटौँडावासीले आफ्नै सहरमा लिन पाउने भएका छन्। नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रा.लि.द्वारा सञ्चालित यो सेवाको परीक्षण यात्रामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती सहित मकवानपुरका पत्रकारहरूले सहभागिता जनाएका थिए।

मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले राप्ती नदीमा र्यापटिङलाई व्यवसायीकरण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक मनहरी भित्राउन मद्दत पुग्नुका साथै आर्थिक समृद्धि समेत हुने विश्वास रहेको बताएका छन् । उनले मनहरीको विकासका लागि पर्यटनलाई पनि महत्त्वपूर्ण स्थान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रा.लि.का अनुसार राप्ती नदीको पानीको बहाव, सुरक्षा, र मनोरञ्जनका दृष्टिले यहाँ र्यापटिङको राम्रो सम्भावना रहेको छ। कम्पनीले हेटौँडाको राप्तीपुलदेखि मनहरी ज्यामिरेसम्मको ३ घण्टाको रयाफ्टिङ यात्राका लागि प्रति व्यक्ति ९ सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ।

यो नयाँ पर्यटकीय गतिविधिले हेटौँडा र आसपासका क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई बढावा दिने अपेक्षा गरिएको छ। कम्पनीले छिट्टै नियमित र्यापटिङ सेवा सुरु गर्ने जनाएको छ। 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क