इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडामा बन्दको प्रभाव सामान्य

मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आह्वान गरेको नेपाल बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा सामान्य रहेको छ । जिल्ला भित्रका वा लामो दुरीका सवारी साधनहरु संचालन भएका छैनन् । सार्वजनिक बस तथा ढुवानीका साधनहरु चल्न सकेका छैनन् । छोटो दुरीका तीन पाङ्ग्रे सवारी साधनहरु भने सामान्य रुपमा संचालन भइरहेका छन् । भीमफेदी– कुलेखानी हुँदै काठमाडौँसम्म जाने सुमोहरु संचालन भइरहेका छन् । हेटौंडा, चौघडा, मनहरी, उत्तरी क्षेत्रका केही बजार क्षेत्रहरुमा व्यवसायिक पसलहरु खुलेका छन् भने शैक्षिक संस्थाहरु बन्द रहेका छन् । अधिकाँश निजी विद्यालयहरुले विहानै सूचना जारी गरेर आज बन्दका कारण विद्यालय संचालनमा नरहने जानकारी गराएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हालसम्म जिल्लामा कुनै पनि अप्रिय घटना नभएको जानकारी दिएको छ । कार्यालयका प्रवक्ताले बन्दकै कारण अप्रिय घटना नभएको र बन्दकर्ताहरु कोही पनि पक्राउ नपरेको जानकारी दिएका छन् । शान्ति सुरक्षाका लागि बाक्लो संख्यामा बजार क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरिएको उनले बताएका हुन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क