इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडामा मापदण्डविपरित निर्माण गरिएका संरचना भत्काउन सुरु

मकवानपुर: हेटौंडा उपमहानगरपालिकाले बजारक्षेत्रमा मापदण्डविपरित निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । व्यवसायीहरूले निर्माण गरेका त्यस्ता अस्थायी संरचनाले पैदल यात्रुहरूलाई हिँडडुल गर्न असहज भएको र बजारको स्वरूप नै बिगारेको भन्दै उपमहानगरपालिकाले सोमबारदेखि नै नगर प्रहरीको सहयोगमा हेटौँडा बजार क्षेत्रमा मापदण्डविपरीत निर्माण गरिएका  संरचनाहरू भत्क्याउन सुरु गरेको हो । विशेषगरी उपमहानगरले बजार क्षेत्रको हेटौँडा १, २, ४ र १० नम्बर वडामा रहेका पसल व्यवसायीले घरसँगै जोडेर बनाएको अस्थायी टप हटाउने काम गरिरहेको छ । अहिलेसम्म उद्योग वाणिज्य संघ चोकदेखि सुरु गरेको अभियानअन्तर्गत उपमहानगरले त्रिभुवन राजपथको चौकीटोल ओरालाेदेखि पूर्व–पश्चिम राजमार्गको राप्तीरोड हेटौँडा अस्पतालअगाडिसम्मको मापदण्डविपरीतका संरचना हटाएको छ। सडक विस्तार अब रोक्न सकिँदैन :  उपमहानगरपालिका प्रमुख राजमार्ग विस्तारको काम रोकिँदा उपमहानगरपालिकाले बजार क्षेत्रमा गर्नुपर्ने धेरै विकासका गतिविधि सञ्चालन गर्न बाधा पुगेको हेटौडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाले बताईन । बजार क्षेत्रलाई थप व्यवस्थित र सुन्दर बनाउन आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न नसकिएको लामाको भनाई छ । 'सडक विस्तार नहुँदा हामी आफैँ पनि विकासका काम रोक्न बाध्य भएका छौँ।’ उनले भनिन । २५ मिटर सडक विस्तारको कामले अब गति लिने उल्लेख गर्दै मेयर लामाले बजार क्षेत्रका व्यवसायीहरूलाई आफ्नो व्यवसाय सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्थापन गर्न सुझाव पनि दिएकी छिन । मेयर लामाले बजार क्षेत्रका सडक विस्तार अब नरोकिने बताएकी छिन।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क