इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडा आँखा अस्पतालमा थेग्नै नसक्ने बिरामीको भिड

हेटौंडा: सातायता प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको ह्वातै बढेका छन् । सामान्य चेकअप गर्ने भन्दा आँखा पाक्ने रोक अर्थात भाइरल कन्जंग्टिवाइटिसका बिरामी ७०% बढी रहेको अस्पतालले जनाएको छ । हेटौंडामा एक सातादेखी ह्वातै उक्त रोगका बिरामी बढेको अस्पतालका इन्चार्ज सुशील शिहले जानकारी दिए । उनका अनुसार अस्पतालमा सामान्य चेकअप गर्न आउनेमा पनि सर्न सक्ने भएकाले सामान्य/रेगुलर चेकअप गर्न आउनेलाई अहिले हतार नगर्न सुझाव पनि दिईएको छ । दैनिक ३५० को हाराहारीमा बिरामी आउने अस्पतालमा अहिले ७ सय भन्दा धेरै आउने गरेको उनले बताए । आँखा पाक्ने रोकका कारण बिरामी बढेर अस्पतालमा भिड थेग्नै नसकिने अवस्थामा पुगेको बताउदै प्रत्यक बर्ष गर्मी महिनामा फैलले भाईरल रोग अहिले अरु बर्ष भन्दा बढी फैलिएको उनको बुझाई छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क