इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडा–१७ मा सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

हेटौंडा | हेटौंडा–१७ हटिया स्थित प्रस्तावित श्री कृपालु चिकित्सालय स्थलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जनाको स्वास्थ्य परीक्षण गरीएको छ । शनिबार सम्पन्न शिविरमा सामान्य चिकित्सा, फिजियोथेरापी, मुटु, कलेजो, मृगौला र पेट सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।

मासिक रुपमा संचालन हुने उक्त शिविरमा सिद्धस्थली रुरल कम्युनिटी अस्पताल र हेटौडा अस्पतालका विज्ञ डाक्टरहरूबाट स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।

हेटौडा अस्पतालका जनरल फिजिसियन डाक्टर उदित आचार्य, सिद्धस्थली रुरल कम्युनिटी अस्पतालका डाक्टर अबन गौतम, राष्ट्रिय बहिरा महासंघ नेपालमा कार्यरत फिजियोथेरापिष्ट डाक्टर निशा राना, ल्याब टेक्निसिएन प्रतिक्षा पौडेल, हटिया अस्पतालकी अनमी संगीता गौतम र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स अस्मिता काफ्लेले स्वास्थ्य जाँच गर्नुभएको थियो ।

श्री राधा माधव समिति नेपाल, जगद्गुरुतम मन्दिर अध्यात्म केन्द्र र डिभाइन युथ क्लब नेपालको संयुक्त आयोजनामा शिविर भएको हो । उद्घाटन कार्यक्रममा सहभागी अतिथिले आगामी दिनमा संस्थासँग जोडिएर सहकार्य र समन्वय गर्ने बताएका छन् । २०७६ पुस महिना देखि सुरु भएर हाल सम्म ३५ पटक भन्दा बढी शिविर सञ्चालन गरिसकेको र यसलाई निरन्तरता दिइने डिभाईन युथ क्लब नेपालले जनाएको छ ।

विशेषज्ञ डाक्टरहरुबाट हेटौंडाका स्थानीय बासिन्दालाई अझै लाभ पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको क्लबले जानकारी गराएको छ ।

सम्बन्धित समाचार

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

शव पहिचानमा सघाउन हेटौँडामा प्रोजेक्टरसहितको कक्ष

हेटौँडा | रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका व्यक्तिको सनाखतमा सहयोग पुर्‍याउन हेटौँडा उपमहानगरपालिकाले प्रोजेक्टरसहितको कक्ष सञ्चालनमा ल्याएको छ। नगर प्रमुख…

इन्फो नेपाल संवाददाता