इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडा-९ निकृष्ट बालश्रम र बाल विवाह मुक्त घोषणा हुँदै

हेटौंडा | हेटौंडा उपमहानगरपालिका वडा नं. ९ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ। यस घोषणासँगै वडा निकृष्ट बालश्रम मुक्त र बालविवाह मुक्त क्षेत्रको रूपमा मान्यता प्राप्त गर्नेछ। सोमबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष सुकराम केसीले वडाले नेपाल सरकारले तोकेको ५१ सूचकहरूमध्ये ४७ सूचकहरूमा १०० प्रतिशत उपलब्धि हासिल गरिसकेको बताएका छन् । जसमा बालश्रम, बालविवाह, र बालअधिकारको संरक्षणका लागि अपनाइएका नीतिहरूको सफल कार्यान्वयन रहेको उनको भनाई थियो । बाँकी सूचकहरूमा पनि उल्लेखनीय प्रगति भएको बताइएको छ। वडामा हाल २७ सय ७ जना बालबालिका रहेका छन्, जसका लागि २५ वटा बालसमूह, १ वडा बाल सञ्जाल गठन गरिएको छ । घोषणा समारोह आश्विन ११ गते श्री प्रगति माविको प्राङ्गणमा आयोजना गरिने अध्यक्ष केसीले बताए । यस घोषणाले वडामा बालबालिकाका लागि सुरक्षित, स्वस्थ, र समावेशी वातावरण निर्माणमा मद्दत गर्ने र स्थानीय शासनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।  

सम्बन्धित समाचार

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

शव पहिचानमा सघाउन हेटौँडामा प्रोजेक्टरसहितको कक्ष

हेटौँडा | रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका व्यक्तिको सनाखतमा सहयोग पुर्‍याउन हेटौँडा उपमहानगरपालिकाले प्रोजेक्टरसहितको कक्ष सञ्चालनमा ल्याएको छ। नगर प्रमुख…

इन्फो नेपाल संवाददाता