इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौडामा प्रहरीको भ्यानले बाईकलाई ठक्कर दिएर भाग्यो

हेटौडा: आज (बुधबार) साझा ७ बजे तिर हेटौडाको बुद्धचोकमा सवारी दुर्घटना भएको छ । श्रोतका अनुसार प्रहरीको भ्यानले २ वटा बाईकलाई ठक्कर दिएको हो । प्रहरी भ्यानको ठक्करबाट हेटौंडा–५, गर्दोईका ४९ बर्षीय सुरेश बज्राचार्य र हेटौंडा–५, पिप्लेका ४५ बर्षीय मधु अर्याल घाइते भएका छन् । बज्राचार्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अर्यालको हेटौंडा हेटौडा मोडल अस्पतालमा उपचार भइरहेको छ । हेटौंडा अस्पतालबाट राप्तिरोड हुँदै बुद्धचोकतर्फ तीव्र गतिमा रहेको जिल्ला प्रहरी कार्यालयको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको बताईएको छ ।  प्रहरीको भ्यानले बईकलाई ठक्कर दिएर भागेको भन्दै आक्रोशित समुह सडकमा आएका छन् । घटनाको विषयमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी प्रमुख बामदेव गौतमले फोन उठाएपनि 'प्रहरीको भ्यानले बाईकलाई ठक्कर दिएर भागेको भन्ने कुरा आएको छ के हो?' भनेर प्रश्न गर्दा उनले फोन काटिदिए र प्रहरी प्रवक्ता टेकबहादुर कार्कीको मोवाइल उठेन । अपडेट: मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यान चालक निलम्बनमा परेका छन् । निलम्बनमा पर्ने प्रहरी जवान विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उरिक्षक एवम् प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । नेपालीले मादक पदार्थ सेवन गरी भ्यान चलाएर दुर्घटना गराएकाले  ६ महिनाको लागि निलम्वन गरिएको जनाईएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क