इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौडामा होलीको रौनक

हेटौंडा । हेटौंडामा आज दिनभर रङहरुको पर्व फागुपूर्णिमा (होली) को निकै रौनक भयो । सोमबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाउने क्रममा हेटौंडा र मकवानपुरका अरु दश वटै स्थानीय तहमा होली पर्व मनाउनेहरुको चोकचोकमा घुइचो थियो । बिशेषगरी हेटौंडाको मेनरोड, स्कुलरोड, कान्तिलोकपथ, संगमचोक, पारिजातपथ, भैरवरोड लगायतका सडकमा होली खेल्नेहरुको समुह ठाउँठाउँमा थियो । बिशेषगरी युवायुवतीले होली पर्व मनाएका छन् । बालबालिका र बृद्धबृद्धाहरुको पनि होलीमा खुसीयाली थियो । मधेशका जिल्लामा भने भोलि मंगलबार मनाइनेछ । सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने हेटौंडामा धेरै छन् । हेटौंडाका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्ने मानिसहरु दिनभर थिए । यसमा युवाको संख्या उल्लेख्य छ । फागुन शुक्ल पूर्णिमा अर्थात् रङहरूको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लामा होली मनाइँदै छ । तराईका जिल्लामा भने भोली मात्रै होली मनाइन्छ । युवाहरु सेतो रङको टिसर्ट लगाएर अनुहारमा रातो, नीलो, पहेँलो, हरियोलगायतका रङ एक अर्कालाई लगाइदिने र खुशियाली साटासाट गर्ने गर्छन् । काठमाडौंको बसन्तपुर क्षेत्र होली मनाउनेहरु भेला हुने मुख्य क्षेत्र हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क